
बुटवल - रुपन्देही निर्वाचन क्षेत्र न. ३ को उपनिर्वाचनका लागि बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन।
बुटवल उपमहानगरपालिका –१९ निवासी उनले आफू जनताको भावनाको आत्मसम्मानका लागि उम्मेद्वार बनेको बताए ।
आइतबार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्दै देशमा शिक्षा, स्वास्थ्य र विकासका एजेन्डा सहित चुनावमा होमिएको बताए ।
‘अहिलेको माग र आवश्यकता नै स्वतन्त्र हो । त्यही भएर चुनावी मैदानमा उत्रिएको छु’ उनले भने । उनले आफूले चुनाज जित्ने दावी गरे ।
निर्वाचन आयोगले रुपन्देहीमा उपनिर्वाचनको मिति तय गरेसँगै चुनावी सरगर्मी बढेको छ ।