रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा
आइतबार, असार २२, २०८२
बुटवल - रुपन्देही निर्वाचन क्षेत्र न. ३ को उपनिर्वाचनका लागि बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन।
बुटवल उपमहानगरपालिका –१९ निवासी उनले आफू जनताको भावनाको आत्मसम्मानका लागि उम्मेद्वार बनेको बताए ।