Lumbini Rise
आमनिर्वाचन कै झल्को दिने गरी कान्ति माविमा निर्वाचन  

बुटवल – आमनिर्वाचनकै झल्को दिने गरी बुटवलको कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको छ । ४ सदस्य पदका लागि १६ जनाविच निर्वाचन भएको हो । २०८१ बैशाख पहिलो साता नै व्यवस्थापन सुमितिको समय सकिएको हो । 

नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना अगाडि नै प्रक्रिया शुरु गर्नुपर्ने भनिएपनि काँग्रेस र एमालेको दलीय स्वार्थका कारण १५ महिनापछि अन्तत निर्वाचनबाटै व्यवस्थापन समिति गठन हुन लागेको हो । ३ हजार ९७७ जना मतदाता रहेकोमा १२ सय मात्रै मत खसेको छ ।

५ हजार ७ सय विद्यार्थी रहेको यहाँ विद्यार्थी एक अभिभावकले एक  मताधिकार पाउने गरी निर्वाचन गराईएको निर्वाचन अधिकृत झविन्द्र भुसालले बताए । उनका अनुसार खुल्लातर्फ २ सदस्यका लागि ९ जना र २ महिला सदस्यका लागि ७ जनाको उम्मेद्वारी रहेको छ । गत बैशाखमा समय सकिएलगत्तै अभिभावक भेला गराएर व्यवस्थापन समिति गठन गर्न खोजिउपनि सहमती हुन नसक्दा १५ महिनासम्म लम्बिएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए ।

WhatsApp-Image-2025-07-05-at-5.18.10-PM-(3)-1751718853.jpeg


जेठ २९ गते अभिभाव भेला बोलाएर सर्वसम्मतीको प्रयास गरेकोमा त्यो असफल भएपछि २ गते मनोनयन गरेर लोकतान्त्रिक प्रक्रियामा गएको उनले बताए । ‘सकभर भेलाबाटै सर्वसहमतीले विद्यालय व्यवस्थापन समिति बनाउने दर्जनौं पटक कोसिस गरियो, सकिएन’ प्राचार्य ज्ञवालीले भने –‘बुटवल क्षेत्रमा पहिलो पटक निर्वाचन भयो ।’  नेपालको संविधान २०७२ का अनुसार स्थानीय तहले शिक्षा हेर्ने भएपछि बुटवल क्षेत्रमा पहिलो पटक चुनावबाट विद्यालय व्यवस्थापन समिति गठन हुन लागेको हो ।

 बुटवल वडा न. ४ हाटबजार स्थित कान्ति मावि परिसर चुनावी पोष्टरले रंगिन भएको छ । मतदाताहरुले प्रतिबद्धता सहित संसदयि चुनावकै शैलीमा प्रचार गरेका छन् । मतदानस्थल बाहिर ब्यानर सहितको प्रचार सामाग्री तथा मतदाता (अभिभावक) हरुलाई यातायातको समेत प्रवन्ध गरेर ल्याउने काम भएको छ ।  दलका स्थानीय नेताहरुको समेत बाक्लो उपस्थिती रहेको छ ।

दलीय टकरावकै कारण सर्वसहमतीमा चयन हुँदै आएको विद्यालय व्यवस्थापन समितिमा यो पटक आमनिर्वाचनमा जस्तै गठबन्धन र निषेध गरेर चुनाव भएको हो । नेकपा एमालेका उम्मेद्वारहरु एक्लै चुनावी मैदानमा ओर्लेका छन् भने नेपाली काँग्रेस, स्वतन्त्र, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु एकजुट भएका छन् ।

बुटवल वडा न. ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले पटक–पटक छलफल गर्दा पनि निकास निकाल्न नसकेपछि लोृकतान्त्रिक प्रक्रियामा सामेल भएको बताए । ‘यो अभिभावकहरुका लागि पनि सिकाई हुन्छ’ उनले भने –‘अब चुनावबाट आएको टिमले विद्यालयको राम्रो गर्ने अपेक्षा गरेका छौं।’

WhatsApp-Image-2025-07-05-at-5.18.10-PM-(6)-1751718901.jpeg


 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update