आमनिर्वाचन कै झल्को दिने गरी कान्ति माविमा निर्वाचन
शनिबार, असार २१, २०८२
बुटवल – आमनिर्वाचनकै झल्को दिने गरी बुटवलको कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको छ । ४ सदस्य पदका लागि १६ जनाविच निर्वाचन भएको हो । २०८१ बैशाख पहिलो साता नै व्यवस्थापन सुमितिको समय सकिएको हो । नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना अगाडि नै प्रक्रिया शुरु गर्नुपर्ने भनिएपनि काँग्रेस र एमालेको दलीय स्वार्थका कारण १५ महिनापछि अन्तत निर्वाचनबाटै व्यवस्थापन समिति गठन हुन लागेको हो । ३ हजार ९७७ जना मतदाता रहेकोमा १२ सय मात्रै मत खसेको छ ।