निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने

बुटवल - निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने गभर्नर डा।विश्वनाथ पौडेलले उद्घोष गरेका छन् ।
पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने गभर्नर डा।पौडेलले घोषणा गरेका छन् ।
मौद्रिक नीतिले बैंकदर ६ प्रतिशतले, निक्षेप सङ्कलन दर २।७५ र नीतिगत दर ४।५ कायम गरिएको छ ।
गभर्नर डा।पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताए।
राष्ट्र बैङ्कले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताए।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १६:५२
प्रतिक्रिया दिनुहोस्