
बुटवल– लामो सययदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलबाट बिशिष्टकृत सेवा सुरु गरेको छ । बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी नेत्रालयले आखा सम्बन्धी सम्पूर्ण सेवा सोमबारदेखि सुरु गरेको हो ।
बुटवलमा पत्रकार सम्मेलन गर्दै नेत्रालयले आफुहरुले बिशिष्टकृत सेवा दिनका लागि सेवा बिस्तार गरेको प्रालिले जनाएको छ । शाखा बिस्तारको क्रममा एक हप्ताका लागि निशुल्क स्वास्थ्य शिविर समेत चलाइएको म्यानेजिङ डाइरेक्टर हिरा श्रेष्ठले बताए ।
उनले स्थापनाको २० बर्षको दौरानमा लाखौले सेवा पाएको स्मरण गर्दै आखाको उपचारका लागि ६० प्रतिशत भारतिय नागरिक आउने गरेको समेत बताए । उनले अब कपिलबस्तुको कृष्णनगर,लुम्बिनी,सुनौलि गेटमा पनि सेवा बिस्तार हुने बताए ।
सो अवसरमा चिफ मेडिकल डाइरेक्टर डा सन्तोष सुवेदीले यसक्षेत्रमै अत्याधुनिक मेसिन र प्रविधिका साथमा सेवा दिइरहेको बताउदै बुटवलमा सेवा बिस्तारले लुम्बिनी प्रदेशका सबै नागरिक र आखाका बिरामीहरुले सहज र सरल उपचार पाउने बताए ।
डेपुटी डाइरेक्टर अनिल शेरचनले आफुहरुको सेवा प्रवाहले सबैले सकारात्मक सल्लाह सुझाव दिएको भन्दै अझै राम्रो सेवा प्रदान गर्नका लागि लागि रहने प्रतिबद्धता जनाए । कार्यक्रममा,नानी रोग बिशेषज्ञ डा ज्योति सापकोटाले आँखाको नानी सबैभन्दा महत्वपूर्ण रहेको बताए ।
३ करोड लगानीमा बिस्तार गरिएको शाखामा आरओपी रेटिना ,बिशेषज्ञ डाक्टरसहितको सुविधा समेत छ । रेटिनाको बिहिबार,नानी प्रत्यारोपण शुक्रबार,१ गते कार्तिक शनिबार जलबिन्दु परिक्षण गरिने छ भने शुभारम्भको अवसरमा जाच फि, तथा ५० प्रतिशत डिस्काउन्ट दिइएको छ । नेत्रालयमा ६५ जनाले रोजगारी पाएका छन्