Lumbini Rise
आइतबार लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा
आइतबार लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते आइतबार प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।   बड्का अट्वारी पर्वको अवसरमा थारू समुदायको बसोवास रहेका ६ दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो ।
 अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइँदै
 अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइँदै बुटवल-  विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । 'दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू' भन्ने मूल नाराका साथ नेपालमा पनि आज यस बर्षको युवा दिवस मनाइँदैछ । समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य,...
राममणि बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि अभिमुखीकरण तथा सम्मान
राममणि बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि अभिमुखीकरण तथा सम्मान मणिग्राम - रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आइतबार दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् । स्नातक तहका विद्यार्थीका लागि लोकसेवा आयोग  अभिमुखीकरण कार्यक्रम र १२ कक्षा उत्तीर्ण विद्यार्थीका लागि शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएका हुन् ।
कालिका मानवज्ञान माविमा बधाई, शुभकामना तथा विदाई
कालिका मानवज्ञान माविमा बधाई, शुभकामना तथा विदाई हालै मात्रै सार्वजनिक भएको कक्षा १२ को परिक्षामा सामुदायिक विद्यालय तर्फ देशमै सबैभन्दा बढि विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयले उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई समेत सम्मान गरेको छ । शुक्रबार बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पस सभाहलमा आयोजना गरिएको कक्षा १२ को परीक्षमा उत्कृष्ठ जीपीए ल्याउने सहित सम्पूर्ण विद्यार्थीलाई बधाई...
कक्षा १२ काे नतिजामा नेपाल प्रथम र द्वितिय दावी सहित दीप बोर्डिङद्वारा विद्यार्थी सम्मान
कक्षा १२ काे नतिजामा नेपाल प्रथम र द्वितिय दावी सहित दीप बोर्डिङद्वारा विद्यार्थी सम्मान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु र प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीलाई सम्मान गरेका हुन् ।  राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा  दीप बोर्डिङका सञ्जोग राजभण्डारीले ३।९६ जी।पी।ए। प्राप्त गरी नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ ।
शिक्षक महासंघले तीज मनाएपछि फेरी आन्दोलन गर्ने
शिक्षक महासंघले तीज मनाएपछि फेरी आन्दोलन गर्ने काठमाडौँ - नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 
कक्षा १२ काे नतिजा : बुटवलका कुन विद्यालयबाट कति उतीर्ण, कस्काे कति जिपिए (हेर्नुहाेस तथ्यांक) 
कक्षा १२ काे नतिजा : बुटवलका कुन विद्यालयबाट कति उतीर्ण, कस्काे कति जिपिए (हेर्नुहाेस तथ्यांक)  बुटवल– राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ (एसएसली) को नतिजामा बुटवल क्षेत्रका विद्यालयहरुको नतिजा उत्कृष्ट देखिएको छ। सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बुटवल उपमहानगर शिक्षा महाशाखाले निकालेको तथ्यांकले देखाएको छ। सामुदायिक सरकारी विद्यालयतर्फ १४ वटा विद्यालयका ३ हजार १ सय ८७ विद्यार्थी उत्कृष्ट जिपिएका साथ उतीर्ण भएका...
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा शैक्षिक सुधारका लागि कार्यसम्पादन सम्झौता 
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा शैक्षिक सुधारका लागि कार्यसम्पादन सम्झौता  लुम्बिनी– लुम्बिनी साँस्कृतिक नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।  विधालय सचालन व्यवस्थापन र शैक्षिक सुधारका लागि शिक्षक, प्रधानाध्यापक, विधालय व्यवस्थापन समिति, अभिभावक, शिक्षा शाखा, नगरपालिकाको भुमिका र जिम्मेवारी लगायतका बिषयमा छलफल गरिएको हो ।
क्यानन मावि बुटवलद्धारा  कक्षा १२ मा राजेश पौडेल नेपाल प्रथमकाे दावी सहित सम्मान 
क्यानन मावि बुटवलद्धारा कक्षा १२ मा राजेश पौडेल नेपाल प्रथमकाे दावी सहित सम्मान  बुटवल - बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ३.३६ जिपिए ल्याएर नेपाल पूथम भएको दावी सहित विद्यार्थी राजेश पौडेललाई सम्मान गरेको छ । विद्यालयले बुधबार विज्ञान संकायबाट ३.९६ जिपिए ल्याउने विद्यार्थी पौडेललाई नगद १५ हजारसहित सम्मान गरेको हो । 
बुटवल कालिका क्याम्पसले पायो क्यूएए मान्यता, खुशीयालीसभा मार्फत धन्यवाद !
बुटवल कालिका क्याम्पसले पायो क्यूएए मान्यता, खुशीयालीसभा मार्फत धन्यवाद ! बुटवल – बुटवल कालिका क्याम्पसले स्थापनाको छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको छ ।१२ बर्षअघि २०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले छोटो अवधिमै क्यूएए प्राप्त गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । क्याम्पसले यहि खुशीयालीमा बुधबार क्याम्पसमा खुशीयाली सभा गरेको...
कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए
कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन्।राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि ३.९५ जीपीए ल्याएका हुन ।
कक्षा १२ नतिजा: नवीन औद्योगिकबाट २ जना उच्च जिपिए सहित ५६५ उतीर्ण
कक्षा १२ नतिजा: नवीन औद्योगिकबाट २ जना उच्च जिपिए सहित ५६५ उतीर्ण वुटवल- साेमबार सार्वजनिक कक्षा १२ काे परीक्षामा बुटवल स्थित नवीन औद्योगिक कदर बहादुर रिता माविबाट उत्कृष्ट अंक सहित ५६५ विद्यार्थी उतीर्ण भएका छन् ।विज्ञान समूहका राजु यादव र व्यवस्थापन समूहका माधव खनालले ३.९४ अंक सहित विद्यार्थी उतीर्ण भएका हुन् ।
Weather Update