Lumbini Rise
आइतबार लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा

बुटवल - लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते आइतबार प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।   बड्का अट्वारी पर्वको अवसरमा थारू समुदायको बसोवास रहेका ६ दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो ।

थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ ८ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने र व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता रहेको छ । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update