ज्ञानपुञ्जमा ‘द लुमिना’ म्यागेजिनको विमोचन
बिहीबार, असोज २९, २०८३
बुटवल - बुटवल १३ स्थित ज्ञानपुञ्ज इंगलिश बोर्डिङ स्कूलले द्धिमासिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेको छ । बरिष्ठ साहित्यकार तथा समालोचक ऋषिराम भुसालले एक समारोहका विच शैक्षिक तथा साहित्यिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेका हुन् । विद्यालय तहबाटै पठन संस्कृतीलाई जर्गेना गर्न तथा शिक्षक विद्यार्थीलाई समेत लेखनतर्फ अग्रसर गराउने उदेश्यले ज्ञानपुञ्जले म्यागेजिन पत्रिकाको प्रकाशन प्रारम्भ गरेको हो ।
सफल केयरगिभर तालिम केन्द्रको दीक्षान्त समारोह सम्पन्न, २०० विद्यार्थी दीक्षित
शुक्रबार, असोज २३, २०८३
बुटवल । बुटवल–४ पाल्पा रोडमा मुख्य कार्यालय रहेको सफल केयरगिभर तालिम केन्द्रको दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह आज सम्पन्न भएको छ।तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित समारोहमा तालिम पूरा गरेका २०० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो। समारोहमा विद्यार्थी, अभिभावक, प्रशिक्षक, स्वास्थ्य संस्था तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको...
ज्ञानपुञ्ज बाेर्डिङ्गद्धारा तिनाउ बाढीबाट प्रभावित चार परिवारलाई सहयोग
शुक्रबार, असोज २३, २०८३
बुटवल- बुटवल ११ नहरपुर स्थित ज्ञानपुञ्ज इङ्ग्लिस स्कुलले शुक्रबार तिनाऊ नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गरेको छ। बुटवल ११ स्थित टपमझुवाका बाढी प्रभावित प्रभावितहरूको बासस्थानमै पुगेर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भट्टराईले प्रति परिवार पाँच हजार प्रदान गरेका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय शैक्षिक सुधारको माग गर्दै शिक्षामन्त्रीलाई ध्यानाकर्षण-पत्र
शुक्रबार, असोज १६, २०८३
बुटवल - लुम्बिनी बौद्ध विश्वविद्यालयमा शैक्षिक अनियमितता बढेको भन्दै लुम्बिनी बचाउ महाअभियानले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पाेखरेललाई ध्यानाकर्षण-पत्र बुझाएको छ। महाअभियानका संयोजक अकरम खाँको नेतृत्वमा लुम्बिनी बाैद्ध विश्वविद्यालयमा आएका मन्त्री पाेखरेल समक्ष ध्यानाकर्षण-पत्र बुझाइएको हो । अभियानले विश्वविद्यालयमा सुशासन, पारदर्शिता र प्राज्ञिक मर्यादा कायम गर्न विभिन्न विषयमा छानबिन...
लुम्बिनी बौद्ध विश्वविद्यालय अवलाेकनमा शिक्षा मन्त्री
शुक्रबार, असोज १६, २०८३
लुम्बिनी-लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित रहेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको छ। शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
ज्ञानपुञ्जमा विद्यार्थीका लागि आधारभूत समाचार लेखन कार्यशाला
मंगलबार, असोज १३, २०८३
बुटवल- बुटवल उपमहानगरपालिका वडा न. ११ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलि बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशाला गरेको हो ।
शैक्षिक र साहित्यिक पत्रिका लेखन सम्बन्धी अभिमुखीकरण
सोमबार, असोज १२, २०८३
बुटवल - ज्ञानपुञ्ज इंगलिश बोर्डिङ् स्कुल बुटवल ११ नहरपुरले शैक्षिक र साहित्यिक पत्रिका प्रकाशित गर्न सोमबार अभिमुखीकरण कार्यक्रम गरेको छ ।विद्यालय तहबाटै पठन संस्कृतीलाई जर्गेना गर्ने तथा शिक्षक विद्यार्थीलाई समेत लेखनतर्फ अग्रसर गराउन द्धिमासिक म्यागेजिन पत्रिका निकाल्ने भएपछि अभिमुखकीरकण गरिएको हो ।
ज्ञानपुञ्जले घरमै पुगेर ९० माथिका जेष्ठ नागरिकलाइ गर्याे सम्मान
सोमबार, असोज ५, २०८३
बुटवल - बुटवल ११ स्थित ज्ञानपुञ्ज इंगलिस बोर्डिङ स्कूलले सोमबार फरक कार्यक्रम गर्यो । न कुनै ठूलो तामझाम थियो, न कुनै ब्यानर नै । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर विद्यालयले ९० बर्षमाथिका जेष्ठ नागरिक सम्मान तथा जेष्ठ नागरिकको अनुभव सुन्ने कार्यक्रम गरेको हो ।
ज्ञानपुञ्जमा ‘बा मलाई केही भन्नु छ’ कविता प्रतियोगिता, उत्कृष्ट तीन विद्यार्थी पुरस्कृत
शुक्रबार, भदौ २६, २०८३
बुटवल — ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलले कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिनका अवसरमा ‘बा मलाई केही भन्नु छ’ शिर्षकमा शुक्रबार कविता प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न चरण पार गर्दै निर्णायक चरणमा प्रवेश गरेका १० जना प्रतिस्पर्धीबाट उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिएको छ ।
दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग
शनिबार, भदौ २०, २०८३
बुटवल - बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूलाई केही भए तापनि राहत मिलोस् भनेर दीप बोर्डिङ हाई स्कुल परिवारले उक्त राहत रकम सहयोग गरेको हो ।
ज्ञानपुञ्ज इगंलिश बोर्डिङ स्कूलद्धारा १ लाख १४ हजार १९० रुपैयाँ सहयोग
शुक्रबार, भदौ १९, २०८३
बुटवल - भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावितहरुको सहयोगका लागि बुटवल ११ स्थित ज्ञानपुञ्ज इगंलिश बोर्डिङ स्कूलले १ लाख १४ हजार १९० रुपैयाँ सहयोग गरेको छ ।रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतीमा विद्यलय, बिद्यार्थी,शिक्षक तथा कर्मचारीहरूले आफ्नो गक्षअनुसार संकलन गरी प्याब्सनको राहत कोषमार्फत सहयोग गरिएको विद्यालयले जनाएको छ ।
भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयां, विद्यालयमा कार्यरत शिक्षक तथा...
गरिमा चौधरीको हत्याको बिरोधमा इन्टलेक्च्युअल बाल क्लबद्धारा प्रर्दशन
आइतबार, भदौ ७, २०८३
बालबालिकाको सुरक्षा र हत्यारालाई हदैसम्मको कार्बाहिको माग सहित गरिएको र्यालीमा विद्यार्थीहरुले "गरिमा चौधरीलाई न्याय देऊ, बालबालिकाको सुरक्षा गर, "बालिका बचाऔँ, भविष्य बचाऔँ", "बालिकामाथि हिंसा बन्द गर", "दोषीलाई उन्मुक्ति होइन, कानुनी कारबाही चाहिन्छ", "बालअधिकारको सम्मान गर, हिंसामुक्त समाज निर्माण गर" , "छोरीलाई माया होइन , सुरक्षा देऊ" जस्ता प्लेकार्ड बाेकर प्रर्दशन...

-1792055189.jpg)
