Lumbini Rise
ज्ञानपुञ्जमा विद्यार्थीका लागि आधारभूत समाचार लेखन कार्यशाला 

बुटवल-  बुटवल उपमहानगरपालिका वडा न. ११ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलि बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशाला गरेको हो ।

विद्यार्थीहरुलाई व्यवहारिक सिप र लेखनसिपको विकासका लागि आधारभूत समाचार लेखन कार्यशाला गरिएको विद्यालयका प्रचार्य शंकर भण्डारीले बताए । उनले विद्यालयले पाठ्यक्रम मात्रै पढाएर नहुने भन्दै सृजनशिल विद्यार्थी उत्पादनका लागि कार्यशाला गरिएको बताए । 

उनका अनुसार विद्यालयमा विद्यार्थीकै सृजनशिलताका लागि भित्तेपत्रिका समेत प्रकाशन सुरु गरिएको छ । सोमबार र मंगलबार गरी दुईदिन सञ्चालन भएको कार्यशालाको झन्डै दुई दशकदेखि बुटवलमा पत्रकारिता गरेका  पत्रकार विनोद परियारले सहजीकरण गरेका थिए ।

उनले विद्यार्थीहरुका लागि समाचारका आधारभूत सैद्धातिक ज्ञान तथा लेखनसिप सम्बन्धी व्यवहारिक अभ्यास गराएका थिए । कार्यशालामा सहभागी भएकामध्ये उत्कृष्ट विद्यार्थीहरुलाई थप तालिम दिने विद्यालयका सहप्रचार्य भिम बस्नेतले बताए ।

पछिल्लो समय ज्ञानपुञ्जले विद्यार्थीहरुको सिकाईलाई फराकिलो बनाउन विभिन्न रचनात्मक कार्यक्रम तथा कार्यशाला गर्दै आइरहेको छ । 
 
 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update