Lumbini Rise
गरिमा चौधरीको हत्याको बिरोधमा इन्टलेक्च्युअल बाल क्लबद्धारा प्रर्दशन

बुटवल -  बारा जिल्लामा ३ वर्षीय बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या गरिएको बिरोधमा आइतबार इन्टलेक्च्युअल एकेडेमी बुटवल ११ कालिकानगरका विद्यार्थीहरुले बुटवलमा बिरोध र्याली गरेका छन।

बालबालिकाको सुरक्षा र हत्यारालाई हदैसम्मको कार्बाहिको माग  सहित गरिएको र्यालीमा विद्यार्थीहरुले "गरिमा चौधरीलाई न्याय देऊ, बालबालिकाको सुरक्षा गर, "बालिका बचाऔँ, भविष्य बचाऔँ", "बालिकामाथि हिंसा बन्द गर", "दोषीलाई उन्मुक्ति होइन, कानुनी कारबाही चाहिन्छ", "बालअधिकारको सम्मान गर, हिंसामुक्त समाज निर्माण गर" , "छोरीलाई माया होइन , सुरक्षा  देऊ" जस्ता प्लेकार्ड बाेकर प्रर्दशन गरेका हुन् । 

इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा भएकाे कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । 

कार्यक्रम पश्चात् र्यालीको समापन गर्दै बालबालिकाको सुरक्षासगै समाजमा  जनचेतना जगाउने उदेश्यले सो र्याली गरिएको बाल क्लबकि अध्यक्ष सिमरन बस्यालले बताएकी थिइन ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update