ज्ञानपुञ्जमा ‘आमासँग विद्यार्थी’ कार्यक्रम सञ्चालन
सोमबार, साउन ११, २०८३
बुटवल - ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरेको छ । विद्यार्थी र अभिभावकबीच भावनात्मक, नैतिक तथा शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । साउन ६ गतेदेखि सुरु भएको कार्यक्रम सोमबार सफलतापूर्वक सम्पन्न गरिएको हो । साउन ६ गते कक्षा ८, ९ र १० तथा साउन ११ गते कक्षा ५, ६ र ७ का विद्यार्थीहरूका आमाहरूलाई विद्यालयमा आमन्त्रण गरी आफ्ना जीवनका अनुभव, संघर्ष, प्रेरणा र अपेक्षाहरू विद्यार्थीहरूसँग प्रत्यक्ष रूपमा साझा गर्ने अवसर प्रदान गरिएको प्राचार्य शंकर भण्डारीले बताए ।
अक्सफोर्ड माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
आइतबार, साउन ३, २०८३
बुटवल - बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ। कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिसान केन्द्रीय सदस्य तथा विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष...
दीप बाेर्डङमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा सम्मान
शनिबार, साउन २, २०८३
शैक्षिक सत्र २०८३ मा कक्षा १२ को बोर्ड परीक्षामा दीप बोर्डिङ हाइ स्कुलका विपिन अर्यालले व्यवस्थापन सङ्कायबाट र संयम नेपाल र सुयोग श्रेष्ठले ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएका थिए भने २०८२ मा समेत दीपकै सन्जोगराज भण्डारीले ३.९६ जिपिए ल्याई नेपाल प्रथम र ३.९५ जिपिए ल्याई उत्सवराज भट्टराई नेपाल द्वितीय...
लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक : ४९ करोडको बजेट तथा नीति–कार्यक्रम स्वीकृत
शुक्रबार, असार २६, २०८३
काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औँ विश्वविद्यालय सभा बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ४९ करोड ८८ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा नमुना निर्वाचन
आइतबार, असार ७, २०८३
बुटवल- ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा आईतबार “नमुना निर्वाचन अभ्यास कार्यक्रम–२०८३” गरेको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै लोकतान्त्रिक मूल्य, मान्यता तथा निर्वाचन प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले नमूना अभ्यास निर्वाचन गरिएको हो ।
पहिलो पाइला बुटवलद्वारा उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण सम्पन्न
बिहीबार, असार ४, २०८३
बुटवल - पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजनामा उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण कार्यक्रम बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अर्यालले देशको विकास, समृद्धि र सामाजिक रूपान्तरणमा युवाहरूको महत्वपूर्ण भूमिका रहने बताइन्।
ज्ञानपुञ्जमा नमूना संसदीय अभ्यास
बुधबार, जेठ २७, २०८३
बुटवल - संघीय संसद्को झल्को दिनेगरी बुटवल १३ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलिश सेकेन्डरी स्कूलमा बुधबार नमुना संसद् अभ्यास गराइएको छ । कक्षा १० का विद्यार्थीहरुका लागि लोकतन्त्र, संसदीय प्रक्रिया तथा विधिको शासनका बारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना संसद कार्यक्रम अन्तर्गत अभ्यास गराइएको हो ।
ज्ञानपुञ्ज एलुम्नाई संघ गठन, सिद्धार्थ कँडेल अध्यक्षमा निर्वाचित
सोमबार, जेठ २५, २०८३
बुटवल- ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा “ज्ञानपुञ्ज एलुम्नाई मिट–२०८३” सोमबार सम्पन्न भएको छ । विद्यालय सभाहलमा आयोजित उक्त कार्यक्रममा कक्षा १० तथा १२ उत्तीर्ण गरी विभिन्न क्षेत्रमा क्रियाशील करिब ८० जना पूर्व विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
तिलोत्तमामा सामाजिक विज्ञान सम्मेलन, अनुसन्धानमूलक विषयमा छलफल
मंगलबार, जेठ १२, २०८३
बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विज्ञको ज्ञान तिलोत्तमाको पहिचान भन्ने नारासहित ‘तिलोत्तमा समाज विज्ञान सम्मेलन–२०८३’ गरेको छ । मंगलबार भएको उक्त सम्मेलन कार्यक्रममा सामाजिक, शैक्षिक तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक विषयमा छलफल र प्रस्तुतीकरण गरिएको थियो ।
दीप बोर्डिङबाट एसईईमा चार जिपिए सहित उतीर्ण विद्यार्थीलाई सम्मान
आइतबार, जेठ ३, २०८३
बुटवल - दीप बोर्डिङ हाई स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार एक समारोहका विच सम्मान गरिएको छ । यस क्षेत्रमै गुणरीय शिक्षा दिदै आएको दीपबाट एसईई २०८२ मा ७ जना विद्यार्थीले ४ जिपिए अंक ल्याएर उतीर्ण गरेका छन् । चार जिपिए ल्याएका ७...
एलबी नमूना एकेडेमीबाट एसईई उतीर्ण विद्यार्थीहरुलाई सम्मान
आइतबार, जेठ ३, २०८३
बुटवल- बुटवल १३ झोलुङ्गेपुल स्थित एलबी नमूना एकेडेमीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार सम्मान गरिएको छ ।बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज बस्याल र प्राचार्य मुकुन्दराज उप्रेतीले विद्यार्थीहरुलाई सम्मान गरेका हुन्।
गोपालप्रसाद आचार्यद्वारा 'विचारका बीजहरू' को लोकार्पण
आइतबार, जेठ ३, २०८३
बुटवल - लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोह साहित्यिक माहौलका बीच शनिवार उल्लासमय रूपमा सम्पन्न भयो ।
सेन्चुरी समाज बुटवलद्धारा तेस्रो करिअर परामर्श सम्पन्न
आइतबार, जेठ ३, २०८३
बुटवल - सेन्चुरी समाज बुटवलले तेस्रो करिअर परामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उतीर्ण र कक्षा १२ का परीक्षार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।विद्यार्थीहरुको आगामि शैक्षिक यात्रा र विभिन्न पेशामा रहेका व्यक्तिहरुको अनुभवबाट अगाडि बढ्ने उत्प्ररेणा जगाउने उदेश्यले कार्यक्रम गरिएको आयोजकले...

-1785168482.jpg)
