१० विद्यालयकाे सहभागितामा बु्टवलमा विज्ञान प्रर्दशनी, नविन औद्योगिक प्रथम
शनिबार, असार २१, २०८२
बुटवल - सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा विज्ञान प्रदर्शनी कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ। रुपन्देही जिल्ला र नवलपरासी (ब.सु.पू) दुई जिल्लाका दशवटा विद्यालयहरूको सहभागिता रहेको विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मा.वि प्रथम, कान्ति मा.वि द्वितीय र होराइजन गौतम बुद्ध स्कूल तिलोत्तमा तृतीय भएका छन् । प्रथम द्वितीय र तृतीयलाई नगद २५ , १५ र १० हजार नगद पुरस्कार प्प्ररदान गरिएको छ ।
आमनिर्वाचन कै झल्को दिने गरी कान्ति माविमा निर्वाचन
शनिबार, असार २१, २०८२
बुटवल – आमनिर्वाचनकै झल्को दिने गरी बुटवलको कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको छ । ४ सदस्य पदका लागि १६ जनाविच निर्वाचन भएको हो । २०८१ बैशाख पहिलो साता नै व्यवस्थापन सुमितिको समय सकिएको हो । नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना...
टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना
बिहीबार, असार १९, २०८२
रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सहयोगमा टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना गरिएको छ । सग्रालयको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीउ अधिकृत नारायण अर्यालले बुधबार एक समारोहका विच उद्घाटन गरेका हुन् ।तिलोत्तमा १४ स्थित टिकुलीगढ माविमा स्थापना गरिएको संग्रालयले शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विह्वास गरिएको छ । उद्घाटन गद्रै प्रमुख प्रशासकीय...
दीप बोर्डिङले गर्यो ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी र अभिभावकलाई सम्मान
सोमबार, असार १६, २०८२
बुटवल - दीप बोर्डिङ हाई स्कुल बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले ४५ वर्षको यात्रामा विभिन्न चुनौतीका बिच पनि विद्यार्थी, शिक्षकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले विद्यालयले हरेक वर्ष...
पशुपति कलेजमा पिउने पानीको धारा जडान
सोमबार, असार १६, २०८२
बुटवल – लामो समय देखि हेण्ड पाइप थिचेर पानी पिउन बाध्य पशुपति कलेजमा पिउने पानी जडान गरी उद्घाटन गरिएको छ । कलेजका दैनिक ४ सय देखि ५ सय विद्याथीले पिउने पानी प्रयोग गर्छन् । पिउने पानीको जडानपछी पशुपति कलेज परिवार निकै खुसि भएको छ । सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय...
न्यू होराइजनद्वारा ४ जीपीए ल्याएका ११ जना सहित तीन सय विद्यार्थी र अभिावक सम्मानित
सोमबार, असार १६, २०८२
बुटवल - न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलले माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी ४ जीपीए ल्याउने ११ जना सहित तीन सय जना विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य...
तिनाउ बोर्डिङमा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान सहित नगर परिक्रमा
सोमबार, असार १६, २०८२
बुटवल - तिनाउ इङ्लिस बोर्डिङ स्कुल देविगरबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २ जना उत्कृष्ट विद्यार्थीसहित अन्य विद्यार्थीलाई सम्मानसहित नगर परिक्रमा गराइएको छ ।कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डे, प्राचार्य सीता पाण्डे, सहप्राचार्य सूर्य पाण्डेलगायतले बोल्दै विद्यार्थीको सफलताका कारण तिनाउको नाम उच्च भएको बताए ।
राष्ट्रिय धान दिवसमा इन्टेलेच्युअल एकेडेमीले गर्यो विद्यार्थी सिकाइ रोपाईँ
आइतबार, असार १५, २०८२
बुटवल – असार १५ अर्थात राष्ट्रिय धान दिवस । प्राय विद्यालयहरुले नियमित कक्षा चलाइरहेका थिए । केही विद्यालयले भने एसईईको नतिजाको खुशीयाली साटासाटका कार्यक्रम गरिरहेका थिए । तर, बुटवलको इन्टेलेच्युअल एकेडेमीले भने आइतबार विद्यार्थीहरुकै लािग सिकाई रोपाईँ कार्यक्रम गरेकाे छ ।
एसईईमा चार जीपिए ल्याएकाहरुलाई ५१ हजार सहित सम्मान, खुशीयालीमा नगर परिक्रमा
आइतबार, असार १५, २०८२
बुटवल- बुटवल स्थित नयाँ गाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपैयाँले सम्मान गर्दैै आईतबार नगर परिक्रमा गराएको छ ।बुटवल १२ नयाँगाउँ स्थित विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई अविरमाला गर्दै नगर परिक्रमा गराइएको हो ।विद्यालयका शिक्षक, विद्यार्थी,...
नेपालमै धेरै विद्यार्थी रहेकाे बुटवलकाे कालिकाका ७ जनाले ल्याए चार जिपिए
शनिबार, असार १४, २०८२
बुटवल- बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।आशिष जिसि, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुदर्शन न्यौपाने र...
रुपन्देहीको शान्ति नमुना माविका १८ विद्याथीले चार जीपीए ल्याएर नयाँ रेकर्ड कायम
शनिबार, असार १४, २०८२
बुटवल – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको तिलोत्तमा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका १८ विद्यार्थीले ४ जीपीए अंक ल्याएर नयाँ रेकर्ड कायम गरेका छन् । यो नतिजा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट हो । शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात...
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन
शनिबार, असार १४, २०८२
बुटवल - नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेसन र वर्ल्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कुलको सहआयोजनामा पूर्विय दर्शनको विषयमा अन्तर्किया गरिएको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुद भएको बताए ।...
रूपन्देहीबाट ८७ जनाले ल्याए चार जिपिए ( विद्यालयहरुकाे नाम सहित)
शनिबार, असार १४, २०८२
बुटवल- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रूपन्देहीका विद्यालयहरुले उत्कृष्ट अंक सहित धेरै विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् । राष्ट्रियस्तरमा एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड हुँदा रुपन्देहीले १० प्रतिशत बढि अर्थात ७१.१ प्रतिशत ग्रेडेड नतिजा निकालेको छ ।शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार जिल्लाभर ८७ विद्यार्थीहरुले...


