-1751510453.jpg)
रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सहयोगमा टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना गरिएको छ । सग्रालयको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीउ अधिकृत नारायण अर्यालले बुधबार एक समारोहका विच उद्घाटन गरेका हुन् ।
तिलोत्तमा १४ स्थित टिकुलीगढ माविमा स्थापना गरिएको संग्रालयले शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विह्वास गरिएको छ । उद्घाटन गद्रै प्रमुख प्रशासकीय अधिकृत अर्यालले संग्रालयमा राखिएका विभिन्न भेषभुषा, संस्कृतीहरुले समाजलाई बुझ्न ठूलो सहयोग गर्ने बताए । उनले पूराना बस्तु र ज्ञानहरुबाट समाजलाई बुझ्न ठूलो योगदान गर्ने बताए ।
संग्रालय उद्घाटनका अवसरमा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले सग्रालयले शिक्षण सिकाई र समाज अध्ययनलाई प्रभावकारी बनाउने बताए । उनले परम्परापागत जीवनशैलीका सामाग्रीहरु राखिएकाले यसले अहिलेका पुस्तालाई नयाँ ज्ञान दिनसक्ने बताए ।
संग्राहलयमा रविभिन्न समुदायका भेषभुषा, इतिहासिक बस्तु राखिएको छ । तिलोत्तमा नगरपालिकाका आर्थिक सहयोगमा स्थापना गरिएको यो संग्रालयले विद्यार्थीहरुलाई पूराना ज्ञानहरुको सिकाई हुने विद्यालय व्यवस्थापन समिती अध्यक्षबम अध्यक्ष फुलपती कडेलले बताए । आगामि दिनमा संग्रालयलाई नमूनाका रुपमा विकास गर्दै लगिने विद्यालयका प्रधानाध्यापक शकरदत्त उपाध्यायले जानकारी दिए ।