टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना
बिहीबार, असार १९, २०८२
रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सहयोगमा टिकुलीगढ माविमा शैक्षिक सिकाई संग्रहालयको स्थापना गरिएको छ । सग्रालयको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीउ अधिकृत नारायण अर्यालले बुधबार एक समारोहका विच उद्घाटन गरेका हुन् ।तिलोत्तमा १४ स्थित टिकुलीगढ माविमा स्थापना गरिएको संग्रालयले शिक्षण सिकाईलाई प्रभावकारी बनाउने विह्वास गरिएको छ । उद्घाटन गद्रै प्रमुख प्रशासकीय अधिकृत अर्यालले संग्रालयमा राखिएका विभिन्न भेषभुषा, संस्कृतीहरुले समाजलाई बुझ्न ठूलो सहयोग गर्ने बताए । उनले पूराना बस्तु र ज्ञानहरुबाट समाजलाई बुझ्न ठूलो योगदान गर्ने बताए ।