Lumbini Rise
रुपन्देही ३ हल्लाको पछि होईन, विकासमा क्रान्ति चाहन्छ : खिमलाल भट्टराई 

रुपन्देही – रुपन्देही क्षेत्र न. ३ मा उम्मेद्वार घोषणा गरेका खिमलाल भट्टराईले जनता हल्लाको पछि नभई सुस्थिर राजनीति चाहेको बताएका छन् ।

पछिल्लो समय नयाँ पार्टी र स्वतन्त्र रुपमा रुपन्देही ३ का लागि उम्मेद्वारी घोषणा र कतिपयले लविङ थालेपछि नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका भट्टराईले सुस्थिर राजनीति र विकासमा क्रान्तिकारी फड्कोको लागि यस क्षेत्रका जनताले एमाले चाहेको बताएका हुन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्–‘रुपन्देही–३ आर्थिक र मानवीय विकासमा क्रान्ति चाहन्छ। यहाँको जनसमुदाय हल्लाको पछि होईन, सुस्थिर राजनीति र विकासमा क्रान्तिकारी फड्कोको लागि एमाले चाहन्छन् ।’ 

भट्टराईले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीसँग भेट गरेपछि सबैभन्दा पहिला रुपन्देही ३ को उपनिर्वाचनमा लड्ने समाचार सार्वजनिक भएको थियो ।

निर्वाचन आयोगले कार्तिक १७ गतेका लागि मिति तय गरेसँगै दलहरुमा उम्मेद्वारका लागि लविङ तिव्र छ । भट्टराईले एमालेले आफूलाई अगाडि सार्ने विश्वासका साथ क्षेत्र न.३ का विभिन्न कार्यक्रमहरुमा सरिक हुन थालेका छन् । तर, नेकपा एमालेभित्र आकाक्षीहरु अन्य पनि छन् ।

एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, शैक्षिक व्यक्तित्व आरसिआचार्य,भरत पोखरेल र शशि पौडेलको चर्चा रहेको छ । नेपाली काँग्रेसमा नेता बालकृष्ण खाँणको तयारी छ भने नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका दलहरु आन्तरीक छलफलमा छन् । रास्वपा, बालेन समूह लगायतले पनि उम्मेद्वार उठाउने गरी तयारीमा जुटेका छन । 
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update