Lumbini Rise
सत्यवतिमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

बुटवल-सत्यवति गाउँपालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । कार्यसम्पादनमा प्रथम जनता मावि अस्लेवालाई नगद तीन लाख र द्वितीय सत्यवति माविलाई दुई लाखसहित सम्मान गरिएको हो ।

त्यस्तै एसइई परीक्षामा चार जीपीए ल्याउने अर्जुन भण्डारी र सिर्जित भण्डारीसहित ११ जना तह गत सर्वोउत्कष्ट विद्यार्थीलाई सम्मान गरिएको सत्यवति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले बताए।

चार जीपीए ल्याउने विद्यार्थीलाई जनही २० हजार रुपियाँ र तहगत उत्कष्ट विद्यार्थीलाई जनही पाँच हजार रुपियाँसहित सम्मान गरिएको थियो ।

सत्यवति गाउँपालिकाका ३८ जना सर्वोउत्कृष्ट शिक्षकलाई न्यूनतम पाँचदेखि १० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ ।

त्यस्तै शतप्रतिशत नतिजासहित आफ्नो विषयमा उत्कृष्ट अङ्क दिलाउने ११३ शिक्षक, कक्षा ३, ५ र ८ को परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई पनि सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।

त्यस्तै कक्षा ३ का सतप्रतिशत नजिता ल्याउने दुई, कक्षा ५ मा एक, र कक्षा ८ कक्षामा सतप्रतिशतसहित प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ ।

उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकलाई सत्यवति गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेय, उपाध्यक्ष निरमाया तरामुसहित जनप्रतिनिधीले सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update