Lumbini Rise
छाउगोठमा सुत्दा सर्पले डसेर युवतीले गुमाइन् ज्यान

कैलाली-कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा एक युवतीले सर्पको डसाइबाट छाउगोठमा सुत्दा ज्यान गुमाएकी छन् । छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२ः३० बजे सर्पले डसेको थियो।

प्रहरीको प्रारम्भिक जानकारीअनुसार सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डिएसपी० सागर बोहराले जानकारी दिए।

कमला आउजीका श्रीमान् भारत बस्छन्। घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो ।

सुरुमा घरमै सुतिरहेको अवस्थामा सर्पले डसेको बताइए पनि महिनावारी अवस्थामा छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले डसेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा छाउगोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्ध अभियान चलिरहे पनि अझै महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य भएको छैन ।


 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update