रुपन्देही तिलोत्तमा बरौलियाका ७० बर्षिय खेतु अधिकारी सम्पर्कविहिन, खोजीमा सहयोग गर्न अपिल
बुटवल- रुपन्देहीको तिलोत्तमा १७ बरौलियाका ७० बर्षिय खेतु अधिकारी सम्पर्कविहिन भएका छन् । मंगलबार साँझ ५ बजेतिर घरबाट निस्किएका अधिकारी रातीअबेरसम्म घर नआएपछि परिवारजनले खोजी गरिदिन आग्रह गरेका छन् ।
इलाका प्रहरी कार्यालय मंगलापुरमा समेत खोजीका लागि निवेदन दिएको कान्छो भाइका छोरा मुक्ति प्रसाद अधिकारीले बताए । उनले ठूलोबुवा हिडडुल गर्ने तर बुधबारसम्म पनि सम्पर्कमा नआएकाले खोजी गरिएको बताए ।
उनले बुवालाई देख्ने जोकोहीले आफूहरुलाई वा नजिकको प्रहरीमा खबर गरेर सहयोग गर्न आग्रह गरेका छन् । चेक टिसर्ट, खरानी कलरको सर्ट र ढाका टोपी लगाएका अधिकारीलाई भेटेमा ९८५११५४२९८२ सम्पर्क गर्न परिवारजन99ले आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३ १३:५२
प्रतिक्रिया दिनुहोस्

