रुपन्देही तिलोत्तमा बरौलियाका ७० बर्षिय खेतु अधिकारी सम्पर्कविहिन, खोजीमा सहयोग गर्न अपिल
बुधबार, कात्तिक ११, २०८३
बुटवल- रुपन्देहीको तिलोत्तमा १७ बरौलियाका ७० बर्षिय खेतु अधिकारी सम्पर्कविहिन भएका छन् । मंगलबार साँझ ५ बजेतिर घरबाट निस्किएका अधिकारी रातीअबेरसम्म घर नआएपछि परिवारजनले खोजी गरिदिन आग्रह गरेका छन् ।इलाका प्रहरी कार्यालय मंगलापुरमा समेत खोजीका लागि निवेदन दिएको कान्छो भाइका छोरा मुक्ति प्रसाद अधिकारीले बताए । उनले ठूलोबुवा हिडडुल गर्ने तर बुधबारसम्म पनि सम्पर्कमा नआएकाले खोजी गरिएको बताए ।


