नेशनल प्याब्सन चार दर्जन गणित विषयक शिक्षकहरूका तालिम
शुक्रबार, जेठ १६, २०८२
बुटवल- निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफू मातहतका विद्यालयमा गणित विषय अध्यापन गराउने शिक्षक-महिला शिक्षकहरुका लागि एक दिने गणित विषयक कार्यशाला गरेको छ । नेशनल प्याब्सनले रुपन्देहीका संस्थागत विद्यालयहरूको कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन गराउने गणित विषयक शिक्षकहरूलाई एक दिने कार्यशाला गरेको हो । कार्यशालाको उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले सूचना र प्रविधिको विकाससँगै शिक्षकहरू पनि अपडेट हुनु पर्ने उल्लेख गर्दै एआईको दुनियाँमा आफूलाई अपग्रेड नगर्ने शिक्षकले विद्यार्थीलाई सही शिक्षा दिन नसक्ने बताए ।
लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुँदै
बुधबार, जेठ १४, २०८२
लुम्बिनी - लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रवार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नेछन् । लुम्बिनी, गौतम बुद्धको जन्मभूमि र विश्व सम्पदा क्षेत्र समेत रहेकाले यस प्रकारको सम्मेलनका लागि आदर्श स्थानको रूपमा रहेको विश्वविद्यालयले...
प्रथम मेयर कप विद्यालय क्रिकेट उपाधी न्यू होराइजनले चुम्याे
आइतबार, जेठ ११, २०८२
बुटवल - प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि न्यू होराइजनले जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यू होराइजन मावि विजेता बन्दै उपाधि हात पारेको छ ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा जलवायु परिवर्तनबारे सचेतना
शनिबार, जेठ १०, २०८२
बुटवल – जलवायु परिवर्तनको चुनौती विश्वव्यापी सङ्कटको रूपमा गहिरिँदै गएको वर्तमान सन्दर्भमा सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले वातावरणीय शिक्षा र चेतनाको अभिवृद्धिका लागि तीन दिने विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ। ‘जलवायु परिवर्तन, चुनौती र समाधान’ विषयमा गरिएको कार्यक्रममा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा वातावरणीय दायित्वप्रति सशक्त सन्देश दिएको हो।
बुटवलमा डिजिटल पत्रकारिता तालिम शुरु
बिहीबार, जेठ ८, २०८२
बुटवल - नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरुले आफूलाई समयअनुसार ज्ञान, सिपको विकास गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि बुटवलमा शुरु गरेको दुई दिने डिजिटल पत्रकारिता तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पोखरेलले यस्तो बताएका हुन।
मेत्ता गुरुकुल विद्याश्रमले मनायो २१ औं बार्षिकोत्सव
शुक्रबार, जेठ २, २०८२
लुम्बिनी - बुद्धजन्मस्थल लुम्बिनीमा अवस्थित मेत्ता गुरुकुल विद्याश्रमले २१ औं बार्षिकउत्सव तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । अन्र्तराष्ट्रिय बौद्ध समाजका प्रमुख भिक्षु मैत्री महास्थविरको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव समारोह गरिएको हो ।
बुटवल बहुमुखीमा क्याम्पसमा अनेरास्ववियुका नेताले विद्यार्थी भर्ना गर्न भन्दै पैसा उठाएकाे खुलासा
आइतबार, वैशाख २१, २०८२
बुटवल - बुटवल बहुमुखी क्याम्पसमा अध्यनरत नेकपा एमाले निकट अनेरास्ववियुका नेताले विद्यार्थी भर्नाका नाम पैसा उठाएर ठगी गरेको खुलासा भएको छ । क्याम्पसले बैशाख १९ गते एक सूचना जारी गरी बिए चौथौ वर्षमा अध्ययनरत विद्यार्थी विवेक कुँवरले विद्यार्थीहरुसँग भर्नाका कागजात र शुल्क उठाएर फाराम नभरेको पाइएकाले कारवाही गरेको छ ।
विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनबाटै पारित गर्ने घोषणा
शुक्रबार, वैशाख १९, २०८२
काठमाडौं - सरकारले चालु बजेट अधिवेशनबाटै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरकारसँग शिक्षक महासंघकाे ९ बुँदे सहमती, शैक्षिक हड्ताल स्थगित
बुधबार, वैशाख १७, २०८२
काठमाडौँ– नेपाल शिक्षक महासंघले अघि सारेको नौ बुँदे प्रस्ताव कार्यान्वयन गर्न सरकार सहमत भएपछि २९ दिनदेखि शिक्षकहरूले जारी राखेको आन्दोलन अन्त्य भएको छ। उक्त सहमतिलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले अनुमोदनसमेत गरिसकेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार साँझ भएको वार्तामा सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल...
सरकार र शिक्षकबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
बुधबार, वैशाख १७, २०८२
काठमाडौँ – सरकार र शिक्षकहरुका विच भएको वार्ता निष्र्कषमा पुगेको छ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएसँगै टुंगोमा पुगेको हो । शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। के के सहमती भयो भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । सहमति मन्त्रिपरिषद् बैठकपछि...
कक्षा १२ को परीक्षाको नयाँ तालिका तय, वैशाख २१ देखि परीक्षा
बुधबार, वैशाख १०, २०८२
बुटवल - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति स्थगित गरेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो ११ गतेदेखि शुरु गर्ने भनिएको परीक्षा स्थगित गरी २१ गतेदेखि गर्ने निर्णय गरेको हो।
कक्षा १२ को परीक्षा स्थगित, अर्काे मिति तय भएपछि सूचना हुने
मंगलबार, वैशाख ९, २०८२
बुटवल – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा स्थगित गरेको छ। यही वैशाख ११ गतेदेखि सुरू हुने तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अहिलेलाई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए। उनले आगामी वैशाख २१ गते परीक्षा सञ्चालनको नयाँ...
कक्षा १२ को परीक्षा : सरकार गराउने पक्षमा, शिक्षक नगर्ने पक्षमा
मंगलबार, वैशाख ९, २०८२
बुटवल –राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।यता नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन निर्देशन जारी गरेको छ ।


