Lumbini Rise
एभरेष्ट माविमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम

बुटवल- बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयले कक्षा ११ मा अध्ययन गर्ने नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

विद्यालयको कक्षा ११ मा विज्ञान र व्यवस्थापन सङ्कायमा अध्ययन गर्ने करिब पाँच सय विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि शुभकामना, सम्मान तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले शिक्षामा उत्कृष्टता तथा सफलता हासिल गर्न निरन्तर मेहनत, अनुशासित र लगनशील हुनु पर्ने बताए ।

उनले पछिल्लो समयमा सूचना र प्रविधिको विकाससँगै विद्यार्थीहरुका लागि सिक्ने कुरामा अनुसन्धानात्मक र खोजमूलक ज्ञानको आवश्यकता पर्ने भएकाले सोही अनुसारको अध्यापन गराउन अध्यापकहरूलाई आग्रह गरे । उनले संस्थागत विद्यालयहरूबाट ठुलो शैक्षिक जनशक्ति उत्पादन भएको भन्दै एभरेष्ट माविको समेत प्रशंसा गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनी, एन प्याब्सनका केन्द्रीय उपमहासचिवद्वय कृष्णप्रसाद पौडेल, विष्णुप्रसाद पौडेल, अभिभावक सङ्घ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, प्रहरी सहायक निरीक्षक खगेन्द्र पराजुली, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले उच्च शिक्षाका लागि अगाडी बढेका विद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना दिँदै लगन, मेहनत र प्रतिबद्ध भएर आगामी शैक्षिक यात्राको सुरुवात गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

चेतना विकास फाउन्डेसनका कार्यकारी प्रमुख कलम सिलवालले सहजीकरण गरेकाे भिमुखीकरण कार्यक्रममा विद्यार्थीको भविष्य निर्धारणकालागि अभिभावक, शिक्षक र विद्यार्थी स्वयमले अपनाउनु पर्ने जुत्ती र दैनिक जीवनका क्रियाकलापका बारेमा जानकारी गराइएको विद्यालयका सह प्राचार्य भिमसेन गौतमले जानकारी दिए।

विद्यालयको प्लस टु विज्ञान विषय संयोजक डा. शालिग्राम भण्डारीको स्वागत तथा शिक्षक माधव पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयबाट विभिन्न समयमा अध्ययन पुरा गरी सरकारी सेवामा लागेका, डाक्टर, इन्जिनियर तथा विभिन्न तहमा पुगेका पूर्व विद्यार्थीहरूलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका लेखा प्रमुख ठाकुर ज्ञवालीले जानकारी दिए। 

 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update