एभरेष्ट माविमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम
शनिबार, साउन ३, २०८२
बुटवल- बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयले कक्षा ११ मा अध्ययन गर्ने नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यालयको कक्षा ११ मा विज्ञान र व्यवस्थापन सङ्कायमा अध्ययन गर्ने करिब पाँच सय विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि शुभकामना, सम्मान तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।