
बुटवल- बुटवल उपमहानगरपालिकाले प्राविधिक छोरी कार्यक्रम अन्तर्गत ४० जनालाई निशुल्क प्राविधिक शिक्षा दिन थालिएको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको देशकै पुरानो बुटवल टेक्निकल इन्स्टिच्युट ९बीटीआई० मार्फत दुई वर्षे ‘प्री डिप्लो’मा लेबलको कोर्षका लागि मेकानिकलतर्फ २० र इलेक्टिकतर्फ २० गरी ४० जनालाई पढाउन थालिएको हो ।
छनोटमा परेर पढाई शुरू गरेका ४० जना लुम्बिनी प्रदेशका प्राय सबै जिल्लाका छन् । कार्यक्रमको शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुरुवात गरे ।
नगरप्रमुख पाण्डेय शिक्षाको क्षेत्रमा लगानी बढाउँदै छोरीलाई प्राविधिक शिक्षासँग जोडन कार्यक्रम सञ्चालन गरिएको बताए । छोरीलाई प्राविधिक शिक्षाको क्षेत्रमा दक्ष बनाउने उद्देश्यले कार्यक्रम शुरू गरिएको बताउँदै मेयर पाण्डेयले मेकानिकल र इलेक्टिकलजस्ता महत्वपूर्ण व्यापारिक क्षेत्रमा दुई विषयको तालिम लिएपछि आत्मनिर्भर र समाजको विकासमा सक्रिय योगदान पु¥याउन सक्ने आशा व्यक्त गरे ।
उनले २ वर्षसम्म पढाइ र प्रयोगात्मक रूपमा हुने भएकाले अध्ययन सकेपछि छोरीहरूले विद्युत् प्राधिकरण सहितका अन्य विद्युत् कम्पनी, निजी क्षेत्रमा समेत रोजगार प्राप्त गर्न सहज हुने बताए ।
नगर उपप्रमुख सावित्रादेवी अर्यालले आफ्नो क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्न उपमहानगरपालिकाले छोरीहरूमा लगानी गरिरहेको बताइन् ।
बीटीआई शिक्षा र सीप विकासको क्षेत्रमा लामो समयदेखि अग्रणी संस्थाको रूपमा स्थापित छ ।बीटीआईका तालिम विभाग प्रमुख मानकाजी कुमालले अहिले मेकानिकल, इलेक्टिकल, सिभिल ९बीएन्डसी० वेल्डिङलगायतका पढाई सञ्चालन भइरहेका बताए ।
बीटीआईमा एक हप्तादेखि १ वर्षेसम्मका विभिन्न तालिमहरू पनि सञ्चालन हुँदै आएको छ । प्राविधिक जनशक्ति उत्पादनमा बीटीआईले २०२० सालदेखि नै योगदान गर्दै आएको निमित्त प्रशासन अधिकृत सम्झना सुवेदीले बताईन ।