बुटवलमा ४० जना छोरीलाई निशुल्क प्राविधिक शिक्षा
शुक्रबार, साउन १६, २०८२
बुटवल उपमहानगरपालिकाले प्राविधिक छोरी कार्यक्रम अन्तर्गत ४० जनालाई निशुल्क प्राविधिक शिक्षा दिन थालिएको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको देशकै पुरानो बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) मार्फत दुई वर्षे ‘प्री डिप्लो’मा लेबलको कोर्षका लागि मेकानिकलतर्फ २० र इलेक्टिकतर्फ २० गरी ४० जनालाई पढाउन थालिएको हो ।