Lumbini Rise
मेरो डान्स युनिभर्स सिजन–२ मा प्रतिनिधित्व गर्दै सुरज सिंजाली मगर

बुटवल -उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएका बुटवलका सुरज सिंजाली मगर मेरो डान्स युनिभर्स सिजन–२ को उत्कृष्ट आठमा पुग्न सफल भएका छ ।

७ हजार जना प्रतिष्पर्धीलाई पछि पार्दै उनी टप एटमा छनौट भएकाहुन। अब उनलेसबैलाई जितेर उपाधि जित्ने लक्ष्यमा छन् ।जादुमयी नृत्य गर्न सक्ने सुरज बुटवल उपमहानगरपालिका–१३ बेल्बासका स्थानीय समेत हुन ।

उनले आफूले विश्वभरबाट छनोट हुने अन्य भन्दा राम्रो गरेर देखाउने लक्ष्यमा रहेको बताए ।उनलेयो समयमा सबैको साथको जरूरी रहेको भन्दै भोट गरेर जिताउन अपील समेत गरे ।

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन–२ का  विजेताहरुले १ एक करोड पुरस्कार पाउनेछन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउनेछन् ।

यसबाहेक समूह नृत्य प्रतिष्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले ५ लाख पाउनेछन् ।


 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update