
काठमाडौं - पूर्व राष्ट्रपती विद्यादेवी भण्डारी पक्षमा खुलेपछि कारवाहीमा परेका युवा संघ नेपाल लुम्बिनीका अध्यक्ष सुरज खरेलले फरक विचार राख्नेहरुमाथि कारवाही गर्नु गलत भएको बताएका छन् ।
उनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले फरक विचारमाथि निषेध गर्ने काम भएको बताएका हुन। नेकपा एमालेले युवा संघमा त दशौं राष्ट्रिय महाधिवेशनका क्रममा सुमन पुरीका तर्फ उभिएका नेताहरुमाथि कारबाही नै गरेको छ ।
खरेलले भनेका छन् ‘हाम्रो संगठनभित्र प्रश्न सोध्ने, फरक मत राख्ने र नेतृत्वको आलोचना गर्ने परम्पराको आज हत्या गरिएको छ। यहाँ केवल आदेश चल्छ, प्रश्न चल्दैन ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दीमा राखेर जनताबाट टाढा गरिँदैछ भन्ने आवाज आफूले उठाएको उनले उल्लेख गरेका छन् ।
‘यिनीहरुले केपी ओली जस्तो अग्लो कदको नेतालाई आफ्नो घेराबन्दीमा पारेर, उहाँको आँखामा पट्टी बाँधेर, जनताबाट टाढा बनाउँदैछन् । जब मैले यही दुर्गन्धविरुद्ध आवाज उठाएँ, तब मलाई नेतृत्वको अपमान गरेको आरोप लगाइयो’, उनले लेखेका छन्, ‘के सत्य बोल्नु अपराध हो ?’
खरेलले सक्रिय राजनीतिमा फर्कने पूर्वराष्ट्रपति भण्डारीको निर्णयलाई भने लामै प्रशंसा गरेका छन् ।
हेराै पूरा विज्ञप्ती