Lumbini Rise
अटीजम सम्वन्धी अन्तरक्रिया तथा सम्मान

 बुटवल - समर्पण बाल गृह बुटवलले शनिबार अटीजम सम्बन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समपर्ण बालगृहले अटिजम सम्वन्धी विद्यालय संचालन गरी समाजमा योगदान पु¥याएको भन्दै यसका लागि नगरपालिका सधैदव सहयोगी भूमिकामा रहने प्रतिवद्धता जनाए ।

सो कार्यक्रममा बेलायतमा अटिजम स्कुल संचालन गरिरहेका नरेन्द्र कंडेलले यस विद्यालयलाई आफुले आर्थिक, नैतिक, शैक्षिक लगायतको सहयोग गर्ने प्रतिवद्धता जनाउदै दुई लाख नगद सहयोगको प्रारम्भ गरेका थिए ।

सो अवसरमा कंडेललाई विद्यालयको तर्फबाट विशिष्ट सल्लाहकारमा मनोनयन गरि सम्मान गरिएको थियो ।

कार्यक्रममा चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा। कृष्ण खरेलले महीलाहरुको नेतृत्वमा संचालित यस गृहले अटिजम भएका बालवालिकाहरुलाई समाजमा घुलमिल तथा समायोजन गराउनमा उल्लेख्य योगदान पु¥याएको बताएका थिए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पि का गर्भनर बालाराम भट्टराई, सरस्वती ढुंगाना लगायतले बोलेका थिए ।

उक्त बालगृहमा अटिजम सम्वन्धी समस्या भएका ५० जना बालबालिकाहरु अध्ययनरत छन् । कार्यक्रम बाल गृहका अध्यक्ष डा। शान्त शर्माको अध्यक्षता, प्रिन्सीपल मन्जु श्रेष्ठको स्वागत र उपाध्यक्ष पुष्पा कण्डेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update