Lumbini Rise
ठुलो परिमाणको गाँजासहित नौ जना प्रक्राउ

सप्तरी- सिराहा प्रहरीले शनिबार प्रतिबन्धित लागुऔषध गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको औरही गाउँपालिका–४, कमलपुरबाट १०३ किलो गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका(१, मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् । 

त्यसैगरी सोही ठाउँका ३२ वर्षीय जीवछ साह, औरही गाउँपालिका(३ का ४२ वर्षीय राजेन्द्र यादव, भारतको मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत(१४ का ३९ वर्षीय वैजनाथ चौधरी र ३० वर्षीय रमेश कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रक्राउ परेका उनीहरूको साथबाट पाँच वटा बोरामा भरिएको करिब १०३ किलो लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको उनले बताए।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update