
वुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले मिडियालाई काखापाखा नगरेका बताएका छन् ।
राष्ट्रिय टेलिभिजन प्रसारण संघ लुम्बिनिकाे शनिबार बुटवलमा भएकाे पद हस्तान्तरण कार्यक्रममा बाेल्दै उनले आफू मिडियामैत्री रहेकाे दावी गरे । उनले आफ्नाे कुनै आसेपासे नभएकाे जिकिर गरे ।
उनले १२ वटै जिल्लाका मिडियाहरूलाई समान दृष्टिले हेरेकाे बताउदै कुनै मिडियालाई विज्ञापन दिएकाे भए त्यसकाे प्रमाण ल्याए फाँसी चढन तयार रहेकाे बताए।
'मैले कसैलाई विज्ञापन दिन भनेकाे एउटा प्रमाण ल्याउनुस् म फाँसी चढ्न तयार छु' उनले भने ।
कार्यकर्ममा केही वक्ताहरूले मिडियालाई विभेद गरेकाे प्रश्न उठाएपछि मुख्यमन्त्री आचार्यले भए सबै आसेपासे रहेकाे बताए । 'भए सबै मेरा आसेपासे हुन, मेराे काेहि आसेपासे छैनन् ' उनले भने ।
उनले लुम्बिनी प्रदेश सरकारले मिडियाकाे विकासमा लागि काम गरिरहेकाे दावी गरे । तर, पछिल्लाे समय मिडियाहरूकाे संख्या बढेकाे तर, बजेटकाे आकार भने नथपिएकाे बताए । उनले लुम्बिनी सञ्चार समन्वय परिषदलाई अधिकार सम्पन्न बनाउन कानुन संशाेधनकाे तयारीमा रहेकाे बताए ।
मुख्यमन्त्री आचार्यले मिडियाले सकरात्मक समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा लुम्बिनी सञ्चार समन्वय परिषदका अध्यक्ष मिलन गाहा, राष्ट्रिय टेलिभिजन प्रशारण संघका केन्द्रीय उपाध्यक्ष विष्णु भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पाेखेल, उद्याेग बाणिज्य महासंघ लुम्बिनी अध्यक्ष कृष्ढकुमार शर्मा, उद्याेग परिसंघका लुम्बिनि अध्यक्ष एजाज आलम, च्याम्बर अफ कमर्शका अध्यक्ष टंक पाेखरेल लगायतले बाेल्दै मिडियाकाे सबलीकरणका ध्यान दिन आग्रह गरे।
संघकाे नवनिर्वािचत अध्यक्ष गाेपाल ज्ञवालीलाई निर्वतमान अध्यक्ष नरेश केसिले पद हस्तान्तरण गरेका थिए ।