Lumbini Rise
साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी

काठमाडौं - नेपाल शिक्षक महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । महासंघसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने उसको चेतावनी छ । 

साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । सरकार इमानदार नरहेको महासंघको आरोप छ ।

“असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो ।तर, षड्यन्त्र भयो,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो ।

साउनको २१ गतेभित्र शिक्षा विधेयक पारित होस् । हामीलाई आन्दोलनमा जान बाध्य नबनाइयोस् ।” 

आन्दोलनमा होमिने अवस्था आए त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेही सरकार हुने उनको भनाइ छ । 


 


 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update