Lumbini Rise
२ महिना भन्दा बढी समयसम्म पनि मर्मत नहुँदा कक्षा संचालन गर्न समस्या

बुटवल -लुम्बिनी प्रदेशको सबै भन्दा ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसको शिक्षाशास्त्र संकायको भवन जिर्ण बनेको छ । उक्त भवनको टिन जेठमा  हावाले भत्काइदिएको थियो ।

२ महिना भन्दा बढी समयसम्म पनि मर्मत नहुँदा कक्षा संचालन गर्न समस्या परेको छ । पानी आउँदा पानी चुहिएर कक्षाकोठामा बस्नै सक्ने अवस्था नरहेको विद्यार्थीहरु बताउँछन् ।

‘पानी आउँदा कक्षामा बस्नै सकिदैन्, पानी नआउँदा पनि भित्र पढेर बस्न सकिने अवस्था छैन्। कोठामा राम्रो फङ्खा समेत छैन्,’ एक विद्यार्थीले भने । 

यता बुटवल बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। अरुण कुमार श्रेत्रीले मर्मतका लागि ठेक्का प्रक्रियामा गएको र अब छिट्टै मर्मत हुने बताउँछन् ।

‘भवन मर्मतका लागि अहिले इ विल्डीङ्ग ९ठेक्का० प्रक्रियामा गएको छ, अब छिट्टै मर्मतको काम सुरु हुन्छ,’–उनले भने । 

यस्तै अखिल कान्तिकारी बुटवल बहुमुखी क्याम्पसका  अध्यक्ष शिव खवासले भवन मर्मतका लागि प्रशासनले चासो नदेखाउँदा लामो समयसम्म मर्मतको काम हुन नसकेको बताए

‘२ महिनासम्म पनि मर्मतको काम सुरु नै भएको छैन्, यो प्रशासनको लापरवाही हो, यो वर्षादको समयमा विद्यार्थीहरुलाई धेरै असहज भएको छ,’– उनले भने । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update