
बुटवल - सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा विज्ञान प्रदर्शनी कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ।
रुपन्देही जिल्ला र नवलपरासी (ब.सु.पू) दुई जिल्लाका दशवटा विद्यालयहरूको सहभागिता रहेको विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मा.वि प्रथम, कान्ति मा.वि द्वितीय र होराइजन गौतम बुद्ध स्कूल तिलोत्तमा तृतीय भएका छन् । प्रथम द्वितीय र तृतीयलाई नगद २५ , १५ र १० हजार नगद पुरस्कार प्प्ररदान गरिएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश सचिव बसन्त प्रसाद कोइरालाको प्रमुख अतिथ्यतामा भएको हो। कार्यक्रममा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक नारायणप्रसाद पोखरेल, सामाजिक विकास मन्त्रालय उच्च शिक्षा महाशाखाका प्रमुख विष्णुप्रसाद पन्थी, शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले मन्तव्य राखेका थिए ।
कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका लेखा अधिकृत टोलप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रमको सामाजिक विकास डिभिजन कार्यालयका वरिष्ठ प्रशासन सहायक हरिप्रसाद काफ्लेले स्वागत गरेका हुन् ।
निर्णायक मण्डलमा सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टको संयोजकत्वमा प्रा. डा रमेश नारायण त्रिपाठी भौतिक शास्त्र,उप प्रा डा.मुर्तीराम पौडेल, जीव विज्ञान, वसन्तराज खनाल रसायनशास्त्र , लेखनाथ पन्थ आइटी विज्ञ, ई. गौरव रिजाल सिभिल ईन्जिनियरिङ् र ई.शिव कुमार पंगेनी मेकानिकल रहेका थिए ।
यस्तै कार्यक्रममा कालिका मानवज्ञान मा.वि, शान्ति नमुना मा.वि , त्रिभुवन मा.वि, वेलटारी जनसेवा मा.वि, एभरेष्ट मा.वि , लुम्बिनी ज्ञान निकेतन मा.वि र न्यू होराइजन मा.विको सहभागिता रहेको नवीन औद्योगिक कदरबहादुर रीता मा.विका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।