१० विद्यालयकाे सहभागितामा बु्टवलमा विज्ञान प्रर्दशनी, नविन औद्योगिक प्रथम
शनिबार, असार २१, २०८२
बुटवल - सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा विज्ञान प्रदर्शनी कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ। रुपन्देही जिल्ला र नवलपरासी (ब.सु.पू) दुई जिल्लाका दशवटा विद्यालयहरूको सहभागिता रहेको विज्ञान प्रदर्शनीमा नवीन औद्योगिक कदरबहादुर रीता मा.वि प्रथम, कान्ति मा.वि द्वितीय र होराइजन गौतम बुद्ध स्कूल तिलोत्तमा तृतीय भएका छन् । प्रथम द्वितीय र तृतीयलाई नगद २५ , १५ र १० हजार नगद पुरस्कार प्प्ररदान गरिएको छ ।