Lumbini Rise
दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालन

बुटवल, भदौ १ ।

बुटवल–१२, नयाँगाउँस्थित दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालनमा ल्याइएको छ।

विद्यार्थीलाई प्रविधिमैत्री, सिर्जनशील र नवप्रवर्तनमुखी बनाउने उद्देश्यले ल्याव निर्माण गरिएको हो ।

एक समारोहबीच बुटवल उप,महानगरपालिका–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा ,आचार्यले ल्याबको उद्घाटन गर्नुभयो। उहाँलेt पछिल्लो समय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई प्रविधि, सीप र सिर्जनशीलतासँग जोडिनुपर्ने बताउनुभयो।

विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले कोडिङ, नवप्रवर्तन, सिर्जनशीलता तथा भविष्यकेन्द्रित शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले ल्याब स्थापना गरिएको बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले समयअनुकूल ज्ञान र सीप हासिल गरेर विद्यार्थी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिको सही प्रयोगले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी र व्यावहारिक बनाउन सक्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै प्राचार्य टीकाराम न्यौपानेले ‘आजको शिक्षा केवल परीक्षा पास गर्ने माध्यम होइन, भोलिको संसार निर्माण गर्ने आधार हो’भन्दै कोडिङ, नवप्रवर्तन र सिर्जनशीलतालाई शिक्षा?सँग जोडेर विद्यार्थीलाई भविष्यका आवश्यक सीप प्रदान गर्न ल्याब स्थापना गरिएको बताउनुभयो।

कार्यक्रममा दीप एकेडेमीका उपाध्यक्ष उमाकान्त चापागाईं, पूर्वप्राचार्य तथा केन्द्रीय प्याब्सन सदस्य शारदा ज्ञवाली, नारी जागृति समूह मुक्तिनाथ धामकी पूर्वअध्यक्ष एवं पतञ्जली योग प्रशिक्षक विष्णु कौडिल्य लगायतले बोल्नुभएको थियो।

प्राचार्य विष्णुप्रसाद ढकालको स्वागत मन्तव्य तथा सहायक प्राचार्य बाबुराम भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा दुई विद्यार्थीले कोडिङ तथा इनोभेसन ल्याबको विषयवस्तु, आवश्यकता र उद्देश्यबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा ल्याबसम्बन्धी प्रस्तुति दुरशिक्षा नेटवर्क प्रा.लि.को रहेको थियो।

विद्यालयले नयाँ पुस्तालाई प्रविधिको प्रयोगकर्ता मात्र नभई प्रविधि सिर्जना गर्न सक्ने जनशक्ति बनाउने लक्ष्यसहित कोडिङ तथा इनोभेसन ल्याब सञ्चालनमा ल्याएको जनाएको छ। विद्यालयका अनुसार ल्याबमार्फत विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता, तार्किक सोच, सिर्जनशीलता, अनुसन्धान तथा नवप्रवर्तनको विकासमा जोड दिइनेछ।

‘कक्षाकोठाबाट सिकेको ज्ञानलाई प्रयोगशालामा प्रयोग गर्दै नयाँ सोच र नयाँ प्रविधि सिर्जना गर्ने वातावरण बनाउनु नै ल्याबको मुख्य उद्देश्य हो,’ विद्यालयले जनाएको छ।

दीप एकेडेमी बुटवल–१२, नयाँगाउँ, दीप बोर्डिङ हाई स्कुल बुटवल–८, सुखानगरको व्यवस्थापनअन्तर्गत सञ्चालनमा रहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update