दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालन
सोमबार, भदौ १, २०८३
बुटवल–१२, नयाँगाउँस्थित दीप एकेडेमीमा कोडिङ तथा इनोभेसन ल्याब सञ्चालनमा ल्याइएको छ।
विद्यार्थीलाई प्रविधिमैत्री, सिर्जनशील र नवप्रवर्तनमुखी बनाउने उद्देश्यले ल्याव निर्माण गरिएको हो । एक समारोहबीच बुटवल उपमहानगरपालिका–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले ल्याबको उद्घाटन गर्नुभयो। उहाँले पछिल्लो समय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई प्रविधि, सीप र सिर्जनशीलतासँग जोडिनुपर्ने बताउनुभयो।


