बुटवल - दीप बोर्डिंङ हाइ स्कुलमा शनिबार स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागतार्थ कक्षा १२ का विद्यार्थीहरूद्वारा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूलाई टीका र खादासहित स्वागत गर्नुका साथै कक्षा १२ बोर्ड परीक्षामा ३.९६ जिपिएसहित न्युनतम ३.६१ जिपिए भन्दा माथि ल्याउने विद्यार्थी र विद्यार्थीका अभिभावकहरूलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।
शैक्षिक सत्र २०८३ मा कक्षा १२ को बोर्ड परीक्षामा दीप बोर्डिङ हाइ स्कुलका विपिन अर्यालले व्यवस्थापन सङ्कायबाट र संयम नेपाल र सुयोग श्रेष्ठले ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएका थिए भने २०८२ मा समेत दीपकै सन्जोगराज भण्डारीले ३.९६ जिपिए ल्याई नेपाल प्रथम र ३.९५ जिपिए ल्याई उत्सवराज भट्टराई नेपाल द्वितीय हुन सफल भएका थिए ।
कार्यक्रममा कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन सङ्कायमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयमा वर्षभरि पूरा दिन उपस्थित हुने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालय लागिरहेको र उत्कृष्ट शैक्षिक उपलब्धिका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको बताउनुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले बोर्ड परीक्षामा नेपाल प्रथम हुने विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै अहोरात्र खट्नुहुने शिक्षकहरूलाई हार्दिक धन्यवाद दिनुभएको थियो ।
कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सल्लाहकार सुमन गोपाल आचार्यले दीपले गुणस्तरीय शिक्षासहित अतिरिक्त क्रियाकलापमार्फत शैक्षिक उन्नयनमा उल्लेखनीय योगदान दिएको बताउँदै शिक्षामा आलोक छर्न दीप सदैव अगाडि बढोस् भन्ने शुभकामना दिनुभएको थियो ।
दीप स्टुडेन्ट क्लब बिहानी समूहका अध्यक्ष विभिका अर्यालको अध्यक्षता, वि.व्य.स. उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्र कुमार शाक्य, वि.व्य.स. सदस्य वसन्तकुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठ, दीप बर्डिङ हाई स्कुलको व्यवस्थापनमा सञ्चालित न्यु स्टान्डर्ड एकेडेमीका प्राचार्य विष्णु ढकाल, शैक्षिक प्रमुख सन्दिप पटेल, कक्षा ११ र १२ का संयोजक कमल नेपाल, सहसंयोजक अमर खत्री, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रोहित शाहलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थी सलोजा बुढाथोकीले स्वागत र कुशल अर्यालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेय, विद्यार्थीहरू स्वर्णिमा भट्टराई, अमित गैरे, सुप्रिया पन्थी, आयुष आचार्यले चरणबद्ध रूपमा गरेका थिए ।
कार्यक्रममा हाँस्यव्यङ्ग्य कलाधार पुरुषोत्तम भण्डारी ‘पुर्खेबा’ले प्रहसन र गीत प्रस्तुत गर्नुभएको थियो भने कक्षा १२ का विद्यार्थीहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
Deep Boarding High School Butwal-8, Sukkhanagar


-1784986351.jpg)