कक्षा १२ काे नतिजामा नेपाल प्रथम र द्वितिय दावी सहित दीप बोर्डिङद्वारा विद्यार्थी सम्मान
शुक्रबार, साउन २३, २०८२
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु र प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीलाई सम्मान गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा दीप बोर्डिङका सञ्जोग राजभण्डारीले ३।९६ जी।पी।ए। प्राप्त गरी नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ ।
शिक्षक महासंघले तीज मनाएपछि फेरी आन्दोलन गर्ने
बिहीबार, साउन २२, २०८२
काठमाडौँ - नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
कक्षा १२ काे नतिजा : बुटवलका कुन विद्यालयबाट कति उतीर्ण, कस्काे कति जिपिए (हेर्नुहाेस तथ्यांक)
बिहीबार, साउन २२, २०८२
बुटवल– राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ (एसएसली) को नतिजामा बुटवल क्षेत्रका विद्यालयहरुको नतिजा उत्कृष्ट देखिएको छ। सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बुटवल उपमहानगर शिक्षा महाशाखाले निकालेको तथ्यांकले देखाएको छ। सामुदायिक सरकारी विद्यालयतर्फ १४ वटा विद्यालयका ३ हजार १ सय ८७ विद्यार्थी उत्कृष्ट जिपिएका साथ उतीर्ण भएका...
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा शैक्षिक सुधारका लागि कार्यसम्पादन सम्झौता
बुधबार, साउन २१, २०८२
लुम्बिनी– लुम्बिनी साँस्कृतिक नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विधालय सचालन व्यवस्थापन र शैक्षिक सुधारका लागि शिक्षक, प्रधानाध्यापक, विधालय व्यवस्थापन समिति, अभिभावक, शिक्षा शाखा, नगरपालिकाको भुमिका र जिम्मेवारी लगायतका बिषयमा छलफल गरिएको हो ।
क्यानन मावि बुटवलद्धारा कक्षा १२ मा राजेश पौडेल नेपाल प्रथमकाे दावी सहित सम्मान
बुधबार, साउन २१, २०८२
बुटवल - बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ३.३६ जिपिए ल्याएर नेपाल पूथम भएको दावी सहित विद्यार्थी राजेश पौडेललाई सम्मान गरेको छ । विद्यालयले बुधबार विज्ञान संकायबाट ३.९६ जिपिए ल्याउने विद्यार्थी पौडेललाई नगद १५ हजारसहित सम्मान गरेको हो ।
बुटवल कालिका क्याम्पसले पायो क्यूएए मान्यता, खुशीयालीसभा मार्फत धन्यवाद !
बुधबार, साउन २१, २०८२
बुटवल – बुटवल कालिका क्याम्पसले स्थापनाको छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको छ ।१२ बर्षअघि २०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले छोटो अवधिमै क्यूएए प्राप्त गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । क्याम्पसले यहि खुशीयालीमा बुधबार क्याम्पसमा खुशीयाली सभा गरेको...
कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए
मंगलबार, साउन २०, २०८२
बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन्।राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि ३.९५ जीपीए ल्याएका हुन ।
कक्षा १२ नतिजा: नवीन औद्योगिकबाट २ जना उच्च जिपिए सहित ५६५ उतीर्ण
सोमबार, साउन १९, २०८२
वुटवल- साेमबार सार्वजनिक कक्षा १२ काे परीक्षामा बुटवल स्थित नवीन औद्योगिक कदर बहादुर रिता माविबाट उत्कृष्ट अंक सहित ५६५ विद्यार्थी उतीर्ण भएका छन् ।विज्ञान समूहका राजु यादव र व्यवस्थापन समूहका माधव खनालले ३.९४ अंक सहित विद्यार्थी उतीर्ण भएका हुन् ।
रुपन्देहीमा साउन २५ गतेदेखि तीन दिने नेटवर्किङ बुट क्याम्प हुँदै
सोमबार, साउन १९, २०८२
बुटवल - सूचना प्रविधिको क्षेत्रमा क्रियाशील सि.एस.आई.टी. एशोसियसन अफ नेपाल रुपन्देहीले विद्यार्थीको सीप अभिवृद्धि र व्यवसायिक विकासलाई लक्षित गरेर तीन दिने ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ गर्न लागेको छ । यहि साउनको २५ देखि २७ गतेसम्म रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोलस्थित होराइजन जी.बी.एस कलेजमा सञ्चालन हुने कार्यक्रममा आईटी क्षेत्रमा आवद्ध विद्यार्थी, नेटवर्किङमा...
कक्षा १२ को नतिजा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत ननग्रेड
सोमबार, साउन १९, २०८२
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको...
बर्दघाटमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’
आइतबार, साउन १८, २०८२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ ।
विद्यालयमा नै सामान्य ज्वरो, रुघाखोकी, पेट दुखेको वा सानो चोटपटक लागेका विद्यार्थीहरूको उपचार हुन्छ । नर्सहरूले औषधी दिएपछि अधिकांश विद्यार्थीहरू निको हुने...
अक्सफोर्डद्धारा बुद्ध जन्मस्थल लुम्बिनीमा गर्यो कक्षा ११ का विद्यार्थीलाई स्वागत
शनिबार, साउन १७, २०८२
बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा एक भव्य कार्यक्रमको आयोजना गरी अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका हुन् । लुम्बिनी स्थित ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलमा विद्यार्थीहरूलाई स्वागत गरिएको छ ।
अटीजम सम्वन्धी अन्तरक्रिया तथा सम्मान
शनिबार, साउन १७, २०८२
समर्पण बाल गृह बुटवलले शनिबार अटीजम सम्बन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समपर्ण बालगृहले अटिजम सम्वन्धी विद्यालय संचालन गरी समाजमा योगदान पु¥याएको भन्दै यसका लागि नगरपालिका सधैदव सहयोगी भूमिकामा रहने प्रतिवद्धता जनाए ।


