बुटवल - दीप बोर्डिङ हाई स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार एक समारोहका विच सम्मान गरिएको छ ।
यस क्षेत्रमै गुाण्स्तरीय शिक्षा दिदै आएको दीपबाट एसईई २०८२ मा ७ जना विद्यार्थीले ४ जिपिए अंक ल्याएर उतीर्ण गरेका छन् । चार जिपिए ल्याएका ७ जना सहित उत्कृष्ट अंक ल्याएका विधार्थीहरुलाई नगद सहित विद्यालयले सम्मान गरेको हो।
विधालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी र प्राचार्य टिकाराम न्यौपानेले सम्मान गरेका हुन् ।
उक्त अवसरमा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकराज ज्ञवाली,उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्र कुमार शाक्य, कक्षा ९ र १० का संयोजक केबि खाम्चा, शिक्षक पुरुषोत्तम पाण्डे लगायतले बोल्दै विद्यार्थीहरुलाई शूभकामना दिए ।
उक्त अवसरमा अभिभावक र शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

