बुटवल- बुटवल १३ झोलुङ्गेपुल स्थित एलबी नमूना एकेडेमीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार सम्मान गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज बस्याल र प्राचार्य मुकुन्दराज उप्रेतीले विद्यार्थीहरुलाई सम्मान गरेका हुन् ।
चार जिपिए ल्याएकी सिमरन न्यौपानेले नगद ५० हजार सहित विद्यालयले पुरस्कृत समेत गरेको छ । उनी सहित २१ जना विद्यार्थीले उत्कृष्ट अंक सहित एसईई उतीर्ण गरेका छन् ।
विद्यार्थी सम्मान कार्यक्रममा बुटवल उपमहानगर शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विद्यालय व्यवस्थापन समितकिा अध्यक्ष पदमराज बस्याल, प्राचार्य मुकुन्दराज उप्रेती, सहप्राचार्य मधुप्रसाद गौडेल, सामाजिक अगुवा शोभाखर पौडेल, बुटवल वडा न. १३ का जनप्रतिनिधि कृष्ण सुनार, संस्थापक लिला बहादुर केसि, झोलुङ्गेपुल टोल विकास समिति नोलराज पौडेल, मावि कोर्डिनेटर गंगालाल श्रेष्ठ, चार जिपिए ल्याएकी विद्यार्थी सिमरन न्यौपाने र एप्लस अंक ल्याएकी संस्कृति कान्दुले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक कृष्ण बहादुर केसिले गरेका हुन् । तिनाउ पश्चिममा रहेर पनि एलबि नमूनाले उत्कृष्ट नतिजा निकाल्न सफल भएको भन्दै अभिभावकहरुले समेत खुशीयाली मनाए ।
विद्यालय क्षेत्र बेलबास झोलुङ्गेपुल, जितगढी,मोतिपुर बदेलपोखरी क्षेत्र बाजागाजा सहित परिक्रमा गराइएको थियो । साथै उक्त अवसरमा शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

