Lumbini Rise
एसईई नतिजा : दीप बोर्डिङका ७ विद्यार्थीले ल्याए ४ जीपीए

​बुटवल - दीप बोर्डिङ हाई स्कुल बुटवलका ७ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा ४ जिपिए ल्याएका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को सोमबार राती सार्वजनिक नतिजा अनुसार ए प्लस अर्थात् ४ जीपीए हासिल गर्दै राष्ट्रिय स्तरमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएका हुन् ।

विद्यालयका ​आशिका पाण्डे, ​बृशिका थापा क्षेत्री, दिम्पी केशरी, ​साहिल मण्डल, ​साम्पारन के.सी.​सोमिन पियार, ​रिजन पोखरेलले चार जिपिए ल्याएको विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताए । उनले दीप बोर्डिङका लागि नयाँ नतिजा नभएको भन्दै निरन्तरको शैक्षिक उत्कृष्टता हासिल गरेको बताए ।

गत शैक्षिक वर्ष २०८०८१ को कक्षा १२ (विज्ञान संकाय) को परीक्षामा पनि यसै विद्यालयका सञ्जोग राजभण्डारीले ३.९६ ले नेपाल प्रथम र उत्सव राज भट्टराई जीपीए ३.९५ ले नेपाल द्वितीय स्थान हासिल गरेका थिए । 

​एसईईको नतिजाले उच्च शिक्षा कक्षा १२ को तयारीमा रहेका विद्यार्थीहरूका लागि दीप बोर्डिङ एउटा भरोसायोग्य केन्द्र बन्न सक्ने विद्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update