Lumbini Rise
साविक क्याननबाट एसईई उतीर्ण विद्यार्थीलाई सम्मान

बुटवल - क्यानन माविबाट २०८२ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उतिर्ण विद्यार्थीहरूलाई शनिबार सम्मान गरिएकाे छ । एभरेष्ट  ईगलिश बाेर्डिङ स्कुलले एसईईमा उतिर्ण विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएकाे हाे । क्यानन एभरेष्टसंग गाभिएर एक भएकाे हाे । 

एप्लस सहित उतिर्ण विद्यार्थीलाई विद्यालयका प्राचार्य कृष्ण प्रसाद न्याैपाने, विद्यालय व्यवस्थापन समितिका सदस्य थानेश्वर पाैडेल र सह-सप्राचार्य विष्णु प्रसाद न्याैपानेले सम्मान गरेका हुन् ।

उक्त अवसरमा बाेल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद न्याैपानेले एभरेष्ट र क्यानन एक भएर शिक्षामा नयाँ आयाम थपेकाे बताउँदै अब कक्षा ११ र १२ मा यहि विद्यालय राेज्न आग्रह गरे। उनले साविक क्यानन र एभरेष्टबाट जिपिए चार अंक सहित उत्कृष्ट नतिजा निकाल्न सफल भएकाे बताए। 

यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य तथा साविक क्यानन माविका अध्यक्ष थानेश्वर पाैडेलले विद्यार्थी, शिक्षक र अभिभावकलाई धन्यवाद दिदै आगामि दिन अझ राम्राे हुने बताए ।

उक्त अवसरमा सहप्राचार्य विष्णु प्रसाद न्याैपाने, शिक्षक विजय पराजुली लगायतले बाेल्दै शूभकामना दिएका थिए । साथै उक्त अवसरमा शिक्षक, अभिभावकलाई समेत सम्मान गरिएकाे थियाे । 

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update