बुटवलका सबै विद्यालयमा आज विदा

बुटवल- जेनजीहरुको आन्दोलनलाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले मंगलबार एक दिन सम्पूर्ण विद्यालयहरुमा विदा दिएको छ ।
उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले एक विज्ञप्ती जारी गरी बर्तमान विशेष परिस्थितीका कारण भदौ १४ गते एक दिनका लागि बुटवल स्थित सम्पुर्ण विद्यालयहरुमा विदा गरीएको जनाइएको छ ।
यसअघि सोमबार जेनजीहरुले बुटवलमा प्रदर्शन गरेका थिए । जेनजीहरुको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार अपरान्ह ४ बजेदेखि राती १० बजेसम्म जारी गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ ०६:४२
प्रतिक्रिया दिनुहोस्