
बुटवल - क्यानन मावि बुटवलले तीजको सन्दर्भ पारेर विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न गरेको गरेको छ । नगरस्तरीय र विद्यालयको तहगत तीज गायन तथा नृत्य र विद्यालयकै तहगत कविता प्रतियोगिताहरु सम्पन्न गरेको हो ।
विद्यार्थीहरुको अतिरिक्त क्षमताको प्रस्फुटन तथा शिक्षण सिकाईलाई रचनात्मक बनाउने उदेश्यले विद्यालयले प्रतियोगितात्मक कार्यक्रमहरु गरेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए। उनले विद्यालयमा पाठ्यक्रमसँगै अन्य प्रतिभा प्रस्फुटनको थलोका रुपमा विकास गर्ने प्रयत्न गरिएको बताए ।
आईतबार भएको विद्यालयस्तरीय तहगत तीज गायन तथा नृत्य प्रतियोगता सम्पन्न भएका छन् । कक्षा ७, ८ र ९ का विद्यार्थीहरुविच भएको प्तियोगितामा कक्षा ९ को जनक सेक्सन प्रथम भएको विद्यालयका सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले बताए ।
उनका अनुसार प्रतियोगितामा कक्षा ९ को बुद्ध सेक्सन द्धितिय र कक्षा ७ को स्प्रिङ सेक्सन तृतीय भएको छ । यस्तै कक्षा ४, ५ र ६ का विच भएको प्रतियोगितामा कक्षा ६ को डायमण्ड प्रथम, कक्षा ४ को जुपिटर द्धितिय र कक्षा ६ को कोहिनुर तेस्रो भएका छन् । यसैगरी कक्षा १, २ र ३ तर्फ कक्षा २ को मुन सेक्सन प्रथम, कक्षा २ सन द्धितिय र कक्षा ३ को भेनस तेस्रो भएका छन् ।
विद्यालयले आईतबार प्लस टु र विद्यालय तहका विद्यार्थीहरुविच तीज गायन तथा नृत्य प्रतियोगिता गरेको हो । प्लस टु तर्फको प्रतियोगितामा सम्झना उचई, प्रशंसा राना, विनिता गुरूङ, एञ्जल शाहीको समूह प्रथम भएका छन् । यसैगरी नेस्मा गुरूङ, दिया विकको समूह द्धितिय, गायत्री क्षेत्री, आशिका अर्याल, सन्ध्या लुईटेलकोृ समूह तृतिय भएको प्लस टु म्यानेजमेन्ट इन्चार्ज पवन बस्यालले जानकारी दिए । प्रतियोगिताको नृत्य प्रशिक्षक किशोर थापा र नेत्र डुम्रेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यसअघि शुक्रबार भएको नगरस्तरिय तीज गायन तथा नृत्य प्रतियोगितामा गार्गी बोर्डिङ स्कुल प्रथम भएको थियो । यसैगरी देवसिद्द बोर्डिङ स्कुल द्धितिय, अन्नपूर्ण बोर्डिङ स्कुल तृतीय र एभरेष्ट बोर्डिङ स्कुल सान्तवना भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक मिनराज गिरीले बताए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तवना हुने क्रमश ५ हजार, ३ हजार, २ हजार १ हजार नगद सहित विभिन्न उपहारबाट पुरस्कृत गरिएको थियो ।
पुरस्कार विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले प्रदान गरेका हुन् । यसैगरी सोही दिन अन्तरविद्यालय स्तरीय प्रतियोगिताहरु भएको थियो। मावि तहको कविता प्रतियोगितामा कक्ष ९ का राजेन्द्र खड्का प्रथम, कक्षा १० का एलिना थापा दोस्रो र कक्षा ९ का आयुष्मा भुसाल तेस्रो भएको विद्यालयले जनाएको छ ।
यसैगरी नि मावि तहमा कक्षा ७ का आईदिन गौतम प्रथम, कक्षा ६ का आर्जु चन्द दोस्रो र कक्षा ६ कै दिया खड्का तेस्रो भएको शिक्षक विजय पराजुलीले जानकारी दिए । कार्यक्रमहरु प्लस टु तर्फ क्यानन प्लस टु र विद्यालय तहतर्फ इन्ट्रयाक्ट क्लब अफ क्याननले संयोजन गरेको थियो ।