क्यानन माविमा विभिन्न प्रतियोगिता सम्पन्न
आइतबार, भदौ ८, २०८२
बुटवल - क्यानन मावि बुटवलले तीजको सन्दर्भ पारेर विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न गरेको गरेको छ । नगरस्तरीय र विद्यालयको तहगत तीज गायन तथा नृत्य र विद्यालयकै तहगत कविता प्रतियोगिताहरु सम्पन्न गरेको हो ।विद्यार्थीहरुको अतिरिक्त क्षमताको प्रस्फु्टन तथा शिक्षण सिकाईलाई रचनात्मक बनाउने उदेश्यले विद्यालयले प्रतियोगितात्मक कार्यक्रमहरु गरेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।


