Lumbini Rise
कक्षा १२ को मौका परीक्षा स्थगित

काठमाडौं - कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ ।

‘देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ ।

 

 

परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ (सात) दिनको समयावधि दिई पछि प्रकाशन गरिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update