
लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस इन्टरनेश्नल) को बार्षिक सभा तथा ६० औं बर्षगाठ लुम्बिनीमा गरिएको छ ।
यहि असोज २५ अर्थात अक्टोबर ११ तारिखदेखि लुम्बिनीमा शुरु भएको बार्षिक सभाको मंगलबार समापन तथा ६० औं बर्षगाठ मनाइएको हो । विश्वसम्पदा स्थल तथा बुद्धजन्मस्थल लुम्बिनीमा महासभा र ६० औं बर्षगाठ लुम्बिनीमा मनाउन पाउनु निकै गर्वको बिषय भएको इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले बताए ।
सन् १९६५ मा स्थापना भएको इकोमस ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा बैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७१५ जना विज्ञ सदस्य रहेका छन् । अध्यक्ष राईका अनुसार महासभामा मानवताको हितका लागि सम्पदा संरक्षण, आध्यात्मिकता, पर्यटन प्रबद्र्धन र दिगो विकासका सवालमा महत्वपूर्ण छलफल भएको छ । वार्षिक महासभासँगै अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन समेत सञ्चालन हुनेछ ।
इकोमस नेपालले संयोजन गरेको महासभा तथा अन्र्तराष्ट्रिय वैज्ञानिक सम्मेलनमा बुधबारदेखि घनीभूत छलफल हुनेछ । मुुख्य गरी प्रकोप, द्धन्द र शान्तिका बिषयलाई केन्द्र बिन्दुुमा राखेर छलफल हुने इकोमस नेपालका कोषाध्यक्ष सृष्टिना श्रेष्ठले बताइन् ।
विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुुनाहरु सहित ६७ राष्ट्रका २ सय बढि विदेशी विज्ञह सहभागी छन् । नेपालका विज्ञहरु सहति ३ सय बढि सहभागी रहेको आयोजकले जनाएका छन् । कार्यक्रममा नेपालका तर्फबाट साँस्कृति सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाईजे, एनी जोशी डा. ईनुु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराई सहित ईकोमस ईन्टरनेश्नलका सचिवालय सदस्यहरुको मुुख्य भुुमिका रहेको छ । महासभा तथा सम्मेलनमा २ सय भन्दा बढि विदेशी विज्ञ तथा सहभागीहरु रहेका छन् ।
प्रस्तुतीकरण सहित विशेषज्ञ प्यानल, स्थलगत भ्रमण सहित विभिन्न बिषयमा नीतिगत छलफका सेसनहरु हुनेछन् । कार्यक्रमको लुम्बिनीबौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाईन लगायतले साझेदारी गरेका छन् । सम्मेलन अक्टोबर १९ तारिख अर्थात कार्तिक २ गते समापन गरिनेछ ।