
काठमाडौँ- जनयुग पार्टीको प्रथम भेला सम्पन्न भएको छ। भेलाले पार्टीको आगामी रणनीति, संगठन विस्तार र स्थानीय तहमा जनसंगठन सुदृढीकरण सम्बन्धी निर्णयहरू गरेको जनाइएको छ।
भेलामा सहभागी केन्द्रीय सदस्यहरूका अनुसार, देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था र जनजीविकासँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल गरिएको थियो। भेलाले जनताको अधिकार, समानता र सामाजिक न्यायका लागि निरन्तर जनसंघर्ष अगाडि बढाउने प्रतिवद्धता जनाएको छ।
भेलाले संगठन विस्तारका क्रममा जनयुग पार्टीका तर्फबाट विभिन्न जिल्ला र स्थानीय तहमा जिम्मेवारी तोक्ने निर्णय गरेको छ। सो क्रममा नयाँ सदस्यहरूलाई जिम्मेवारी हस्तान्तरणसमेत गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भेलाले देशभरका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारका सवालमा आवाज उठाइरहेका समूहहरूसँग एकता र सहकार्य गर्ने नीति पनि तय गरेको छ।
पार्टीको पहिलो भेलाको बन्दसत्रले विभिन्न कार्यविभाजनसहित ३२ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा संयोजक: नवराज सुवेदी (प्यूठान/ललितपुर), सचिवमा विमल पोखरेल (प्यूठान) रहेका छन् ।
यसैगरी पार्टी सदस्यहरुमा डा. लछी सिंह (कञ्चनपुर), ठाकुर पोखरेल (काठमाडौं), गणेश लोहार (वैतडी), डा. अमृत भुसाल (अर्घाखाँची), आह्वान श्रेष्ठ (भक्तपुर), कृष्ण अर्याल (गुल्मी), कुलचन्द्र पोखरेल (प्यूठान), रामचन्द्र पोखरेल (काठमाडौं), उपेन्द्र अधिकारी (दोलखा), पुरुषोत्तम गजुरेल (नुवाकोट), रीता पोखरेल (मोरङ) रहेका छन ।
यस्तैगरी विमला कार्की (धनकुटा), रविन्द्र सिंह (ललितपुर), उत्तम शर्मा (बाग्लुङ), सुभद्रा क्षेत्री रावत (सिन्धुली), बरुणध्वज मल्ल (प्यूठान), कृष्णप्रसाद भुसाल (अर्घाखाँची), सुनिता कुँवर (धादिङ), सिर्जना सुवेदी (जुम्ला), सचन विश्वकर्मा (सिन्धुली), इन्द्र कँडेल (कैलाली), दीपक रोका (प्यूठान), जीवराज बस्नेत (दाङ), राजु पौडेल (रुपन्देही), सुमन आचार्य (चितवन), नवीन पाण्डे (सुनसरी), गणेश थापा (रुपन्देही), सरोजमान सिंह (बाग्लुङ), नवीन केसी (प्यूठान) र शान्ता पोखरेल (रुपन्देही) रहेका छन्।
यस्ताे छ घाेषणा र विचारहरु