
बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहितका उपकरण प्रदान गरेको छ भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ह्वील लक प्रदान गरिएको छ।
गत भदौ २३ र २४ गते जेन–जी युवा विद्यार्थीको आन्दोलनको क्रममा तोडफोड तथा आजगनीबाट ध्वस्त भएको ईलाका प्रशासन कार्यालय बुटवललाई संघले १ थान डेस्कटप कम्प्युटर, १ थान प्रिन्टर, १ थान स्क्यानर र १६ थान सिसिटिभि क्यामेरा प्रदान गरिएको हो।
त्यसैगरी यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउनको लागि संघले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ५ थान ह्वील लक प्रदान गरेको हो ।
उक्त सामाग्रि संघको ७२ औं वार्षिक साधारण सभामा संघका अध्यक्ष हरिप्रसाद अर्याल र बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनीधिलाई हस्तान्तरण गर्नुभएको हो ।