Lumbini Rise
दाङमा लक्ष्यभन्दा बढीलाई एचपिभी खोप

 बुटवल- दाङमा पाठेघरको क्यान्सरविरुद्ध लक्ष्यभन्दा बढी किशोरीले एचपिभी खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० स्थानीय तहमा सतप्रतिशत अर्थात् सात हजार आठ सय ३७ जनाले पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएका छन् ।

जसमा नियमित खोप लिने सात हजार तीन सय आठ जना र गत आर्थिक वर्षमा छुटेका चार सय ४९ जना किशोरीले खोप लिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी र्र्दिए।

उनका अनुसार जिल्लामा माघ २५ देखि २७ गतेसम्म पहिलो चरण र माघ २८ देखि फागुन १ गतेसम्म दोश्रो चरण गरि दुई चरणमा गरि सञ्चालन भएको एचभिपी खोप अभियानका क्रममा सात हजार आठ सय २९ जनालाई खोप लगाउने लक्ष्य भएकोमा लक्ष्यभन्दा बढी सात हजार आठ सय ३७ जना किशोरीले खोप लगाएका छन् ।

खोप फोकल पर्सन वलीका अनुसार स्थानीय तहगत रूपमा घोराहीमा उपमहानगरपालिकामा नियमित दुई हजार पाँच सय ११ जना र गत आर्थिक वर्षमा छुट खोप लिएका एक सय ८० जना गरेर दुई हजार छ सय ९१ जना, तुलसीपुर उपमहानगरपालिकामा

नियमिततर्फ दुई हजार ७४ जना र गत आर्थिक वर्षमा छुटेका ७२ जना गरी दुई हजार एक सय ४६ जना, लमही नगरपालिकामा नियमिततर्फ पाँच सय ६४ जना र गत आर्थिक वर्षमा छुटेका ५७ जना गरेर छ सय २१ जनाले खोप लगाएका छन् ।

यसैगरी, गढवा गाउँपालिकामा नियमितर्फ चार सय एक जना र गत आर्थिक वर्षमा छुटेका १९ जना गरेर चार सय २० जना, बङ्गलाचुली गाउँपालिकामा नियमितर्फ दुई सय ५७ जना र गत आर्थिक वर्षमा छुटेका २३ जना गरेर दुई सय ८० जना, राजपुर गाउँपालिकामा नियमितर्फ दुई सय ६२ जना र गत आर्थिक वर्ष छुटेका छ जना गरेर दुई सय ६८ जना, राप्ती गाउँपालिकामा नियमितर्फ पाँच सय २२ जना र छुटेका २१ जना गरेर छ सय ४३ जना, शान्तिनगर गाउँपालिकामा नियमिततर्फ दुई सय ७७ जना र छुटेका ७१ जना गरेर तीन सय ४८ जना, बबई गाउँपालिकामा तीन सय २६ जना र दंगीशरण गाउँपालिकामा एक सय ९४ जना किशोरीले खोप लगाएका छन् ।

खोप अभियानका क्रममा छुटेका किशोरीलाई वडामा रहेका स्वास्थ्य केन्द्रमा फागुन ४ गतेसम्म एचपिभी खोप लगाइएको उनले बताए। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

महिलामा नसर्ने रोगका विषयमा सचेतना अभिवृद्धि भएसँगै खोप लगाउनेको अभियानमा सहभागिता करिब शतप्रतिशत पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

नसर्ने रोगका सङ्क्रमणको अवस्था बढ्दै जाँदा पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरिएको खोप फोकल पर्सन वलीले बताए । 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update